काठमाडौं / भारतले जारी गरेको राजनीतिक नक्सामा कालापानी विवादबारे कालापानीबाट भारतीय सेना हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहलाई लिएर भारतीय मिडियामा तहल्का मच्चिएको छ ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा रहेका भारतीय सेना फिर्ता लैजान आग्रह गरेका थिए। उनले भारतलाई सेना फिर्ता लैजान आग्रहमात्र गरेनन्। सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने पनि जनाएका थिए ।
‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं। कतिपयले नक्सा सच्याउनुपर्यो भनेका छन्। नक्सा सच्याउने मात्र होइन सरकारले आफ्नो भूमि फिर्ता ल्याउँछ। अतिक्रमित भूमि फिर्ता ल्याउन सरकार सक्षम छ,’ ओलीले भने, ‘यो सरकारले आफ्नो भूमि एक इन्च मिच्न दिँदैन। नेपालीलाई अरूको जमिन पनि चाहिँदैन।’
भारतीय अतिक्रमणविरूद्धको प्रधानमन्त्रीको उक्त भनाइ नेपालको सबै सञ्चारमाध्यममा महत्वका साथ छापिएका छन् । तर नेपालमा मात्र भारतीय सञ्चारमाध्यमले पनि प्रधानमन्त्री ओलीको भनाइलाई प्राथमिकताका दिएका छन्।
बिबिसी हिन्दी सेवाले ‘भारतसँगको कालापानी विवादबारे बोले नेपाली प्रधानमन्त्री ( एक इन्च जमिन पनि मिल्ने छैन’ शीर्षकमा समाचार छापेको छ।
इन्डियन एक्प्रेसले ‘नक्सा विवादस् नेपाली प्रधानमन्त्रीले दाबी गरे कालापानी क्षेत्र, भारतलाई फिर्ता जान भने’ शीर्षक बनाएको छ।
डिजिटल पत्रिका स्क्रोलको समाचारको शीर्षक छ( सीमा विवादस् कालापानी क्षेत्रबाट तत्काल सेना फिर्ता गर्न नेपाली प्रधानमन्त्रीको आग्रह।
आजतकले प्रधानमन्त्रीको भनाइलाई रवाफ भनेको छ। उसको समाचारको शीर्षक छ – कालापानी विवादमा नेपाली प्रधानमन्त्रीले भारतलाई देखाए रवाफ-एक इञ्च जमिन पनि दिन्नौं ।
नरेन्द्र मोदी नेतृत्वको सरकारले कालापानी क्षेत्रमा नेपाली सीमा मिचिएको कुरा अस्वीकार गर्दै आएको छ।