काभ्रे – नेकपा स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३२ र १५ वर्ष पार्टीको नेतृत्वमा रहँदा गर्न नसकेको काम दुई वर्षमा हुन नसक्ने भएकाले नेतृत्व परिवर्तन र प्रधानमन्त्री पदका लागि महाधिवेशन तथा निर्वाचन पर्खन अनुरोध गर्नुभएको छ ।
मदन भण्डारी फाउण्डेशनद्वारा बनेपामा आयोजित जिल्ला भेला कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले शनिबार सरकारको नेतृत्व छाड्नु पर्नेगरी केपी ओली नेतृत्वको सरकारले कुनै अपराध नगरेकाले मुलुकलाई अस्थिरतातर्फ नलैजान अध्यक्ष पुष्पकमल दाहाल, पूर्व महासचिव माधवकुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरुलाई अनुरोध गर्नु भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।