पशु अधिकारका लागि काम गर्ने संगठनको फेसबुक पोस्ट अनुसार बिरालोको बच्चालाई किशोरका परिवारले खरिद गरेका थिए । जब उनीहरुले बिरालोको बच्चालाई घर लिएर आए तब उनका साथीहरुले एक हप्तासम्म सामूहिक बलात्कार गरे जसका कारण बिरालोको आन्तरिक अङ्ग गम्भीर रुपमा क्षतीग्रस्त भयो ।
जेएफके एनिमल रेस्क्य एन्ड सेल्टरले भन्यो, ‘ऊ हिँड्न सकिरहेको थिएन, उसले खान सकिरहेको थिएन, बस्न सकेको थिएन, ऊ पीडाका कारण कहिले सुत्न पनि सकेन ।’
जब बिरालोलाई पशु चिकित्सककोमा पुर्याइयो तब बिरालोको आन्तरिक अङ्गबाट शुक्रकिट र रगत निस्कियो । संगठनले बिरालोको बच्चाको भयानक स्थिती देखेपछि त्यसै इलाकामा बस्ने एक युवतीले आरोपीसँग बिरालोको बच्चालाई सुम्पिन भनेको थियो, तर उनीहरुले अस्विकार गरेको समाचारमा उल्लेख छ ।
बिरालोको बच्चालाई उपचारका लागि लगेपनि उसलाई बचाउन भने सकिएन । पशु अधिकार संगठनले भन्यो, ‘बिरालोको बच्चालाई गाडिएको छ र निश्चित रुपमा अब ऊ भगवान भएठाउँ होला ।’