रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा

103

काठमाडौं –  उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् । केही दिन अघि भएको सीसीएमसीको बैठकमा चिया वितरण गरेका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । सो बैठकमा पोखरेल र थापा सहभागी थिए । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहरु होम आइसोलेसनमा बसेको जनाइएको छ ।

यस्तै, शनिबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक समेत स्थगित गरिएको छ । दुई जना मन्त्री होम आइसोलेसनमा बसेका कारण सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित गरिएको स्रोतले जनाएकाे   छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here