यसकारणा महिलाले छाडा बाेल्न रूचाउछ

181

एजेन्सी ।  सर्वसाधारणको चलनचल्तीमा छाडा (अश्लील ?) शब्दोच्चारण र गालीगलौजका शब्द निकै बढेको पाइएको छ । बालबालिकाले हेर्ने टेलिभिजन तथा सिने सामग्रीमा गालीगलौजका शब्द त्यति नदेखिए पनि आम जनजीवनमा भने यसको प्रयोग बढेर गएको एक अनुसन्धानले देखाएको छ ।

ब्रिटिस बोर्ड अफ फिल्म क्लासिफिकेसन (बीबीएफसी)ले को शोध अनुसार एक हजार बेलायतीमाझ गरिएको सर्भेमा एक तिहाइभन्दा बढीले त्यस्ता शब्दहरु पहिलेको तुलनामा बढ्तै बोल्न थालेको बताए । पाँच वर्ष पहिले आफूहरुले ती शब्द उच्चारणमा हिचकिचाउने भए पनि हिजोआज सामान्य रुपमा प्रयोग गर्न थालेको उनीहरुको स्वीकारोक्ति छ ।

रोचक त के भने त्यस्ता गालीका शब्दहरु उच्चारण गर्नेमा महिलाहरु अगाडि रहेको देखिएको छ । त्यस्ता महिला ३२ प्रतिशत छन् भने पुरुष २७ प्रतिशत । अझ रमाइलो के भने सन् १९९६ यता जन्मिएका ‘जेनरेसन जेड’ पुस्ता गालीगलौजमा उदार देखिएको छ । त्यस पुस्ताका ४६ प्रतिशतले आफूहरुले छाडा शब्द प्रयोग गर्दा के फरक पर्छ र भन्ने प्रतिक्रिया दियो ।

जेनरेसन जेडभन्दा पुरानो पुस्ता भने गालीगलौजमा त्यति ध्यान दिँदो रहेनछ । र, उनीहरुको प्रतिशत जम्माजम्मी १२ प्रतिशत मात्र छ । आफूले प्रयोग गरेका गालीका शब्द आफ्ना सन्तानले प्रयोग नगरुन् वा आफूले प्रयोग गरेका अश्लील शब्द नसुनून् भन्ने अधिकांशले चाहेको पनि देखिएको छ । तीमध्ये निकै कमले केटाकेटीले सुनेर केही फरक नपर्ने, ढिलोचाँडो तिनीहरुले आफूबाहेक अरुबाट पनि यस्ता शब्द सापट लिइहाल्ने भएकाले तिनले सुने पनि चिन्ता नगर्ने जनाए। 

पछिल्लो समय टेलिभिजनबाहेक अन्यत्र कन्टेन्ट हेर्ने बानी भएका बालबालिकाका लागि यस्ता शब्द प्रयोग गरिएका कन्टेन्ट हेर्नबाट रोक्नु असम्भवप्रायः छ । तर अभिभावकहरू छाडा भाषाको पहुँच सहज हुन नहुनेतर्फ सचेत रहन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here