भारतद्वारा नेपालमा अघोषित नाकाबन्दी

305

काठमाडौ, ९ असोज–नेपालमा संविधान जारी भएपछि असन्तुष्टि व्यक्त गर्दै आएको भारतले विगत तीन दिन देखि अघोषित रुपमा नाकाबन्दी गरेको छ । तत्काल संविधान निर्माण प्रक्रियालाई रोक्न ठूलो चलखेल गरेको भारतले संविधान निर्माण प्रक्रियालाई रोक्न नसकेपछि नेपालका विरुद्ध अघोषित नाकाबन्दी सुरु गरेको छ ।
संविधान जारी गरेलगत्तै भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा स्वागतको एउटा शब्द समेत उल्लेख नगरी आलोचना र असन्तुष्टि भरिएको अभिव्यक्ति सार्जजनिक गरेको भारतले त्यसको २४ घण्टा पनि नबित्दै सुरक्षाको कारण देखाउँदै आपूर्तिमा रोक लगाउने चेतावनी दिएको थियो । भारतीय पक्षले अप्रत्यक्ष रुपमा नाकाबन्दीको चेतावनी दिएपछि त्यसको नेपालका प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुले प्रतिवाद गरेका थिए । त्यस लगत्तै भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएको छ । भारतको नाकाबन्दीका कारण विरगञ्ज, नेपालगञ्ज, भैरहवा, विराटनगर, काकडभिट्टा लगाएतका नाकाहरुबाट अत्यावश्यक सामग्री, पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आयातमा समस्या भएको छ ।

ती नाकाहरुबाट भारतीय पक्षले आपूर्तिमा रोक लगाएको सरकारी अधिकारीहरुले जनाएका छन् । भारतले भने नाकाबन्दी नभएर तराईमा भइरहेको आन्दोलनलाई मध्यनजर गर्दै सुरक्षाका कारण नेपालमा आपूर्ति सहज बनाउन नसकिएको जनाएको छ । जबकी नेपाल सरकारले भारतीय निर्यातकर्ताहरुलाई तथा सवारी साधनको सुरक्षाको जिम्मेवारीको ग्यारेन्टी गर्ने बताउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here