माओत्सेतुङलाई सम्झना किन गरिन्छ ?

205

हुकुमबहादुर सिंह
विश्व सर्वहारावर्ग र क्रान्तिकारी जनसमुदायको पथप्रदर्शक सिद्धान्तका जन्मदाता कमरेड माओको १२२औं जन्म दिवस २६ डिसेम्बरका दिन (तदनुसार नेपालमा २०७२ पौष ११ गते) विश्वभर र नेपालमा पनि सर्वहारावर्ग र क्रान्तिकारीहरूद्वारा मनाउने काम भयो । कमरेड माओ विश्व सर्वहारावर्ग तथा उत्पीडित जनसमुदायका एक महान् नेता, शिक्षक तथा चिन्तक हुनुहुन्थ्यो । माओले चीनको धर्तीमा माक्र्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोग गर्नुभयो र त्यसलाई क्रान्तिकै दौरानमा माक्र्सवाद–लेनिनवाद–माओवादका रूपमा विकसित तुल्याउनु भयो । आज माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व सर्वहारावर्ग र क्रान्तिकारी जनसमुदायको पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ । यद्यपि विश्वमा र नेपालमै पनि माओवाद र माओविचारधारा भन्नेमा विवाद मात्रै छैन्, स्वयम् चीनमा समेत माओविचारधाराले गम्भीर धक्का खाएको छ । जसको परिणाम चीन, नेपाल तथा विश्वमै दक्षिणपन्थी संशोधनवादको हैकम तीव्र रूपमा बढ्दै गएको छ । यस्तो समयमा माओ दिवस मनाउनुको वास्तविक अर्थ माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा दलाल तथा नोकरशाही पुाजीपति एवम् सामन्तवर्ग र साम्राज्यवाद/विस्तारवादका विरुद्ध नयाा ढङ्गले जनवादी क्रान्तिको तयारी गर्ने र दक्षिणपन्थी संशोधनवादको विरोधमा सशक्त विचारधारात्मक सङ्घर्ष चलाउने काममा दृढतापूर्वक अगाडि बढ्नु हो । र माओ दिवसको यस अवसरमा विश्वका साथै नेपाली सर्वहारावर्ग, उत्पीडित जनसमुदाय र सबै कमरेडहरूका बीचमा एक आपसमा माओवादको झण्डालाई कसरी उठाइरहने भन्ने प्रतिबद्धता पनि हो । साथै, यस अवसरमा माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा नयाा जनवाद हुादै समाजवाद तथा साम्यवादको दिशामा निरन्तर अगाडि बढिरहने प्रतिबद्धतासमेत पुन: जाहेर गर्नु हो । तर प्रश्न उठ्दछ, के केबल एउटा वक्तब्य दिएर वा भाषण गरेर यतिले मात्रै एउटा माओवादीको जिम्मेवारी पूरा हुन्छ त ? यद्यपि नेपालमा र विश्वमा माक्र्सवाद–लेनिनवाद–माओवाद/विचारधाराको रक्षा, प्रयोग र विकासका निम्ति यथेष्ट प्रयास नभइरहेका पनि होइनन् ।
माओले माओवादको जन्म साम्राज्यवादविरोधी प्रजातान्त्रिक आन्दोलनको समग्र अवधिभर आफूलाई संलग्न गराएर गर्नुभएको थियो । साम्राज्यवादविरोधी प्रजातान्त्रिक आन्दोलनसित उहाँको सम्बन्ध यस्तो बन्यो कि १९५०को अमेरिकी साम्राज्यवादविरूद्धको कोरियन युद्धमा स्वयम्सेवकका रूपमा काम गर्न उहाँले आफ्नो एक जना छोरालाई समेत पठाउनुभएका थियो, जसको त्यही युद्धमा मृत्यु पनि भएको थिए । साथै उहाँकी पत्नी याङ काई–हुईलाई समेत १९३०मा चिनियाा प्रतिक्रियावादी सरकारले गिरफ्तार गरेर उहाँको हत्या गरिदियो ।
माओले पार्टी बाहिरका वर्ग दुश्मनहरू–सामन्तवाद र साम्राज्यवादका दलालहरूका विरूद्ध वर्गीय युद्धमात्रै गर्नुभएन, पार्टीभित्रको दक्षिण र ‘वाम’लाइनकाविरूद्ध सम्झौताहीन संघर्ष गर्दै तिनीहरूमाथिको विजयसागै चिनियाँ क्रान्तिको विजय सम्भव बनाउनुभयो । तैपनि क्रान्तिका वर्ग दुश्मनहरू–सामन्तवाद र साम्राज्यवादका दलालहरूले हार खाएका थिएनन् । ती पार्टीभित्र विभिन्न रूप र रंगमा आफ्ना षड्यन्त्रकारी योजनाहरू बुन्नमा व्यस्त थिए र माओको १९७६मा भएको मृत्युपछि चिनियाँ कम्युनिष्ट पार्टीमा प्रतिक्रान्ति गरियो र त्यहाँ माओवादलाई दक्षिणपन्थी संशोधनवादमा परिवर्तन गरियो । यद्यपि माओलाई त्यहाँका जनताले अगाध माया र आदरसत्कार गर्दछन् तर पार्टी र सरकारमा गएकाहरूका लागि माओवाद वा माओविचारधारा अहिले छैन ।
माओले वर्ग दुश्मनहरू–सामन्तवाद र साम्राज्यवादका दलालहरूका विरूद्ध वर्गीय युद्धका लागि एउटा अति नै महत्वपूर्ण पुस्तक–चीनमा वर्गहरूको विश्लेषण लेख्नुभयो, जो नेपालजस्ता अर्धऔपनिवेशिक (नवऔपनिवेशिक) र अर्धसामन्ती देशका लागि एउटा महत्वपूर्ण मार्गदर्शन बन्न सक्छ । त्यसैगरी सर्वहारा सांस्कृतिक क्रान्ति र निरन्तर क्रान्तिको सिद्धान्त माओवादका माक्र्सवादी दर्शनमा अमूल्य योगदान हुन् । सर्वहारा सांस्कृतिक क्रान्ति र निरन्तर क्रान्तिको सिद्धान्तको कति महत्व छ भन्ने त अहिले पनि नेपालका कम्युनिष्टहरूमा आएको सांस्कृतिक विचलनहरू र क्रान्तिबाट थकित मानसिकताबाटै स्पष्ट हुन्छ । माओले एक पटक भन्नुभएको थियो– “चीनमा कम्युनिष्टहरू सरकार र सत्तामा गएका छन् तर कम्युनिष्टको हसियाँ हथौडारूपी झण्डा आकाशतिर नभई भुइातिर झुक्दै छ ।” नभन्दै नेपालमा वामपन्थीहरूको सरकार बनेको छ तर कम्युनिष्टको हसियाँ हथौडारूपी झण्डा आकाशतिर नभई भुइातिर लत्रिादै गएको छ । माओले भनेझौ यसले कम्युनिष्टको बदनामीसिवाय अरू केही गर्दै छैन र वर्तमान संविधान जो दलाल तथा नोकरशाही पुाजीपति एवम् सामन्तवर्ग र साम्राज्यवाद/विस्तारवादको पक्षमा स्पष्ट रूपले खडा छ । त्यसैको कार्यान्वयनमा नेपालका केही कम्युनिष्टहरू दिल र दिमागले लागिपरेका छन् । त्यस्ताका लागि माओ दिवस मनाउनुको के अर्थ रहन्छ र ? त्यो केबल माओवादको ओठे भक्ति मात्रै हो । जे होस् नेपालमा अझै माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो क्रान्तिका लागि एउटा पथप्रदर्शक सिद्धान्त मान्ने सर्वहारावर्ग र क्रान्तिकारी जनसमुदायको विशाल शक्ति छ, जसका लागि माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा दलाल तथा नोकरशाही पुाजीपति एवम् सामन्तवर्ग र साम्राज्यवाद/विस्तारवादका विरुद्ध नयाा ढङ्गले जनवादी क्रान्तिको तयारी गर्ने र दक्षिणपन्थी संशोधनवादको विरोधमा सशक्त विचारधारात्मक सङ्घर्ष चलाउने काममा दृढतापूर्वक अगाडि बढ्नुको विकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here