राज्यलक्ष्मी शाक्य

 

हिजो राजनीतिक आन्दोलनका बेला पनि गाउामा जनस्तरमै बसेर काठमाडौंलाई चुनौती दिादै आउनुभएका प्रचण्डलाई जनतासामु जानका लागि कुनै विशेष दिन कुर्नुपर्ने अवस्था छैन । बरु यो एउटा अवसरलाई उहााले सदुपयोग गर्दै अन्तत: जनताको दु:ख जनताकै लागि लड्नेलाई मात्र महसुस हुन्छ भनेर प्रमाणित गर्ने अवसर हो यो ।

गत साता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’साग साक्षात्कार गर्ने अवसर जुर्‍यो । प्रचण्ड प्रधानमन्त्री भएसागै उहाालाई भेटेर केही सुझाव दिने पहिलेदेखिको चाहना भए पनि र उहाासाग भेटघाट गर्ने मन भए पनि मानिसहरूको भीडभाडका कारण सोचेअनुसार कुरा हुन पाएन । झण्डै तीन हजारको भीडमा सामान्य साक्षात्कारभन्दा धेरै कुरा हुन सम्भव नहुनु स्वाभाविक पनि थियो । तथापि भेटका क्रममा हुन नपाएका तर उहाालाई सुझाव दिन मन लागेका केही कुराहरू सुझावका रूपमा लेख्ने प्रयास गरेको छु ।

हुन त प्रधानमन्त्री प्रचण्ड यतिबेला छिमेकी मुलुक भारतको भ्रमणका लागि तयारीमा लागिरहनुभएको छ । छिमेकी मुलुकसागको सम्बन्ध कस्तो बनाउने भन्ने विषयमा उहााले पहिलेदेखि नै आफ्नो विचार राख्दै आउनु भएकाले पक्कै पनि उहााले गलत सन्धिसम्झौता गर्नुहुने छैन । यहाा मैले दिन खोजेको सुझाव भनेको आन्तरिक रूपमा नेपालीहरूले विशेषगरी भूकम्पपीडितहरूले सहनुपरेको पीडाका विषयमा हो । गतवर्ष आएको विनाशकारी भूकम्पका कारण प्रभावित १४ जिल्लासागै अन्य सामान्य प्रभावित जिल्लाका जनताहरूले झण्डै डेढ वर्ष पुगिसक्दा पनि राहत पाउन सकिरहेका छैनन् । भूूकम्पका कारण आफन्त तथा धनसम्पत्ति समेत गुमाएकाहरूले यो डेढ वर्षको अवधिमा सरकारबाट अभिभावकत्वको अपेक्षा गरिरहेका छन् । यस अवधिमा तीनवटा सरकार परिवर्तन भइसकेका छन् । पीडितहरूले आश्वासन त पाएका छन् तर महसुस गर्ने गरी भौतिक रूपमा राहत पाएनन् । उनीहरूले दुईवटा वर्षा तथा एउटा हिउादलाई निकै कष्ट गरेर बिताएका छन् । तर उनीहरूलाई साथ दिन यसअघिका दुईवटै सरकार असफल बने । प्रधानमन्त्री प्रचण्ड आफैं पनि जनताको लागि भन्दै १० वर्षसम्म लडेकाले जनताप्रतिको उहााको सद्भाव बढी नै छ भन्ने आम अपेक्षा छ । गरिब दु:खीहरूको अधिकारका लागि लामो जनयुद्ध लड्नुभएका प्रचण्डमाथि भूकम्पपीडितहरूको ठूलो आशा र अपेक्षा रहेको छ । उहाा आफौले पनि प्रधानमन्त्री हुनुभन्दा पहिले भूकम्पपीडितहरूलाई राहत दिने विषयमा विशेष चासो देखाउादै आउनुभएको छ । यस अर्थमा पनि उहााले भूकम्पपीडितहरूका लागि देखिने र महसुस हुने गरी काम गर्नुपर्ने अवस्था छ ।

भूकम्पपीडितले अहिले अपेक्षा गरेर पनि नपाएको पहिलो कुरा भनेको अभिभावकत्व नै हो । उनीहरूले हरेक सरकार परिवर्तन हुादा सरकार प्रमुखले आफ्ना बारेमा खोजी गर्लान् भनेर आशैआशमा बसिरहेका छन् । तर यो डेढ वर्षको अवधिमा कुनै पनि सरकार प्रमुखले उनीहरूको यो अपेक्षालाई पूरा गर्ने आाट गर्न सकेनन् । त्यो आाट प्रचण्डले गर्नुहुनेछ भन्नेमा भूकम्पपीडितहरू आशावादी रहनुलाई स्वाभाविक मान्नुपर्दछ ।

हिजो राजनीतिक आन्दोलनका बेला पनि गाउामा जनस्तरमै बसेर काठमाडौंलाई चुनौती दिादै आउनुभएका प्रचण्डलाई जनतासामु जानका लागि कुनै विशेष दिन कुर्नुपर्ने अवस्था छैन । बरु यो एउटा अवसरलाई उहााले सदुपयोग गर्दै अन्तत: जनताको दु:ख जनताकै लागि लड्नेलाई मात्र महसुस हुन्छ भनेर प्रमाणित गर्ने अवसर हो यो । यसका लागि उहााले भूकम्पपीडित क्षेत्रहरूमा व्यक्तिगत रूपमा भ्रमण गरेर उनीहरूको पीडामा मलम लगाउने तथा उनीहरूका दु:खपीडाहरूलाई सुनेर आवश्यक राहतको व्यवस्था गर्न सक्नुपर्छ । यस्तो गरेको खण्डमा पछिल्ला केही दिनमा प्रचण्डका विरुद्ध जनतामा बढिरहेको असन्तुष्टि समेत मत्थर हुन सक्नेछ । पदमा पुग्दा आाखा नदेख्ने र पदबाट झरेपछि जनतासाग गोहीका आासु बगाउने नेपाली राजनीतिको फोहोरी खेलबाट माथि उठेर प्रचण्डले यो हिम्मत गर्न सक्नुपर्छ । यस्तो गर्न सकेको खण्डमा प्रचण्ड र जनताबीचको सम्बन्ध आगामी दिनमा पनि सुमधुर भइरहने छ, जसरी विगतमा उहाा र जनताबीच सामीप्य थियो । यो अवसरलाई सदुपयोग गर्न प्रचण्डसामु ठूलो अवसर छ । त्यसलाई सदुपयोग गर्ने या नगर्ने त्यो प्रचण्डकै जिम्मा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here