चीनलाई चौतर्फी घेराबन्दी गर्ने योजनाअनुसार नेपालमा पनि सक्रियता बढाइएको आशंका
काठमाडौं/ छिमेकी मुलुक चीनले नेपालमा ‘फ्री तिब्बत’सम्बन्धी गतिविधि बढिरहेको गुनासो गरिरहेका बेला भारत र अमेरिकाले देखिने गरी उत्तरी सीमा क्षेत्रमा सक्रियता बढाउन थालेका छन् । भूकम्प पीडितहरूलाई राहत दिने बहानामा तिब्बतसाग सीमा जोडिएको सिन्धुपाञ्चोकमा पटक–पटक भ्रमण गर्दै आएकी नेपालका लागि अमेरिकाकी राजदूत एलाइना बी तेप्लिजले गत जेठमा उत्तरी जिल्ला मुस्ताङको १० दिने भ्रमण गर्दै चीनको सीमाक्षेत्र कोरलासम्म पुगेकी थिइन् । अमेरिकाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा तिब्बत क्षेत्रमा आफ्नो सक्रियता बढाइरहेका बेला भारतले पनि आफ्नो सक्रियता बढाउन सुरु गरेको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित राय हालै मात्र पााचदिने भ्रमणको समय छुट्याएर तिब्बतसाग सीमा जोडिएको हिमाली जिल्ला मनाङ पुगे । भूकम्पले क्षति पुगेपछि तीन करोड भारतीय सहयोगमा मर्मत भइहरेको गुम्बाको निरीक्षणको बहानामा राजदूत राय मनाङतर्फ लागेका हुन् । सामान्यतया निरीक्षणको काम एकै दिनमा हुने भए पनि सीमा क्षेत्रमा पााच–पााच दिनसम्मको भ्रमण गर्नुलाई भारतको चीनलाई चिढाउने योजनाका रूपमा विश्लेषकहरूले अथ्र्याएका छन् ।
उत्तरी छिमेकी मुलुक चीनले नेपालको भूमि प्रयोग गरी चीनविरोधी गतिविधिहरू भइरहेको भन्दै पटक–पटक नेपालसाग असन्तुष्टि व्यक्त गर्दै आएको छ । त्यसमाथि सीमा क्षेत्रमा अमेरिका तथा भारतको उपस्थितिप्रति चीन थप सशंकित बन्नु स्वाभाविक पनि हो । चीनले नेपालको भूमिमार्फत् अमेरिका र भारतले चीनविरोधी गतिविधि गर्दै आइरहेको दावी गर्दै आएको छ । झन् तिब्बतसागको सीमा क्षेत्रमा अमेरिका वा भारतको उपस्थितिलाई त चीन देख्नै चाहादैन । तर अमेरिका तथा भारतले भने चीनको यही मनसायलाई बुझ्दै चीनलाई थप चिढाउनका लागि आफ्ना राजदूतहरूलाई सीमा क्षेत्रमा पठाउने तथा चीनविरोधी गतिविधि सञ्चालन गर्न उस्काउने गरेका छन् । पछिल्ला घटनाले अमेरिका र भारतको यही मनसायलाई पुष्टि गरिरहेको छ । तर नेपाल सरकार भने चीनले असन्तुष्टि व्यक्त गरिरहादा पनि अमेरिका र भारतीय कूटनीतिज्ञका गतिविधिलाई रोक्न कुनै पहल गरिरहेको पाइएको छैन ।
विगतमा विभिन्न बहानामा उत्तरी सीमा क्षेत्रमा आफ्नो उपस्थिति जनाउादै चीनविरोधी गतिविधि सञ्चालन गर्दै आएका भारत तथा अमेरिकाले यसपटक भने व्यक्तिगत भ्रमणका नाममा उच्च तहबाटै चलखेल सुरु गरेका छन् । विश्व शक्तिका रूपमा उदाउादै गरेको चीनलाई तिब्बत मुद्दाबाट मात्र कमजोर बनाउन सकिने बुझेका भारत र अमेरिकाले यही अस्त्रलाई प्रयोग गर्दै सीमा क्षेत्रमा आफ्ना गतिविधिहरूलाई बढाउादै लगेको दावी विश्लेषकहरूले गरेका छन् । सामान्यतया कूटनीतिक नियोगका उच्च अधिकारीहरू सम्बन्धित देशको सरकारको अनुमतिमा मात्र निश्चित अवधिका लागि राजधानीभन्दा बाहिर भ्रमण गर्ने प्रचलन रहेको हुन्छ तर चीनको असन्तुष्टिका बाबजुद अमेरिकी राजदूत तथा भारतीय राजदूतले भने कूटनीतिक मर्यादाको समेत ख्यालै नगरी नेपाली नागरिकसरह नेपालका विभिन्न स्थानमा भ्रमण गर्ने गरेका छन् । अझ चीनको प्रत्यक्ष चासो रहेका उत्तरी जिल्लाहरूमा उनीहरूको लामो समयसम्मको भ्रमणले थप शंका उत्पन्न गराएको छ ।
भारत र अमेरिकाले यस्तो समयमा उत्तरी क्षेत्रमा आफ्नो सक्रियता बढाएका छन् कि जतिबेला यी दुई मुलुक भारत र अमेरिकाबीच रक्षा सम्झौता सम्पन्न भएको छ । उनीहरूबीच भएको रक्षा सम्झौतापश्चात भारत र अमेरिकाले एकअर्काका सैन्य अड्डा प्रयोग गर्न सक्ने जनाइएको छ । अमेरिका र भारतकाबीच भएको ‘लजिस्टिक एक्सचेन्ज मेमोरेन्डम’पछि अमेरिकी नौसेना र वायुसेनाका लागि भारतका सैन्य अड्डा प्रयोग गर्न सहज हुने जनाइएको छ । यो सम्झौतालाई विश्वशक्तिका रूपमा उदाउादै गरेको चीनलाई घेर्ने अमेरिकी रणनीतिका रूपमा समेत हेरिएको छ । भारत र अमेरिकाबीच भएको यो रक्षा सम्झौताले चीन चिढिइरहेका बेला चीनसाग सीमा जोडिएका उत्तरी जिल्लाहरूमा अमेरिका र भारतले एकपछि अर्काे गर्दै आफ्ना सक्रियता बढाउनुले उनीहरूको नियतप्रति थप शंका बढाएको छ । यसले नेपाललाई समेत असुरक्षित बनाएको छ ।
भारत र अमेरिकाकाबीचमा हालै भएको रक्षा सम्झौतापछि चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले त सम्पादकीय लेख्दै अमेरिका र भारतबीच भएको सम्झौताले भारतले आफ्नो रणनीतिक स्वतन्त्रता गुमाउन सक्ने र भारत अमेरिकाको ‘फलोअर’ (पछुवा) बन्न सक्ने उल्लेख गरेको छ । त्यस्तै पाकिस्तानी सञ्चारमाध्यमहरूले समेत भारत र अमेरिकाबीच भएको सम्झौताले चीन र पाकिस्तानलाई असर पार्ने जनाएका छन् । यसरी चीनलाई सिधै चुनौती दिने गरी भएको सम्झौता र नेपालको भूमिमार्फत् समेत चीनलाई चिढाउने गतिविधि सञ्चालन गर्नुले अमेरिका र भारत जसरी पनि चीनलाई घेराबन्दीमा पार्न चाहन्छन् भन्ने पुष्टि गरेको छ ।
यसैबीच नेपालको उत्तरी सीमा क्षेत्रका जिल्लाहरूमा धर्म परिवर्तनको व्यापक लहर चलेको छ । हिन्दू धर्मावलम्बीहरूलाई विभिन्न प्रलोभन देखाएर र आर्थिक प्रभावमा पारेर क्रिश्चियन बनाउने क्रम बढेको छ । घर–घरमा धर्म प्रचारकहरूको आवागमन बढेको आफूले प्रत्यक्ष रूपमा देखेको दावी एकजना भूगर्भविद्ले भूकम्प प्रभावित क्षेत्र भ्रमणका क्रममा देखेको जनधारणालाई जनाएका छन् ।


















