आफ्नै बच्चालाई चपाउने यी महिला !

251

आमालाई ममता र दयाको खानी रूपमा लिइन्छ । तर यो दुनियाामा कुनै महिला यतिसम्म क्रूर हुनसक्ला, जसले आफौले जन्माएको नवजात शिशुलाई नै खाने प्रयास गर्छ ?

हो, चीनमा यस्तै घटना भएको छ । चीनमा एउटी आमा फेला परेकी छिन्, जसले आफौले जन्माएको नवजात शिशुलाई खानका लागि चपाइन् । ली जेंगहुवा नामकी ती महिलालाई गर्भवती अवस्थामै घरपरिवारले घरनिकाला गरेका थिए । उनी सडकमै बसेर गुजारा गरिन् र उनको पेटको बच्चा हुर्किादै गयो । एक दिन उनलाई प्रसव पीडा भएपछि स्थानीय मानिसहरूले उनलाई अस्पतालमा पुर्‍याए । अस्पतालमा उनले छोरा जन्माइन् ।

ती महिलाको मानसिक अवस्था बिग्रिएको थियो । पुलिस तथा अस्पतालका अधिकारीहरूले पटक–पटक सोधखोज गर्दा पनि उनले आफ्नो घर तथा लोग्नेको नाम बताउन सकिनन् र उनलाई तत्कालका लागि अस्पतालमै राखियो । तर एकदिन यस्तो घटना भयो, जसले अस्पतालका नर्स तथा डाक्टरहरूको होसहवास उड्यो । आफ्नो बच्चा जन्माएको ४ दिनपछि ती महिलाले आफ्नो डरलाग्दो रूप देखाउन सुरु गरिन् । ती महिला नरभक्षी जस्तै आफ्नो नवजात शिशुलाई चपाउन थालिन् । उनले बच्चाको हातपाखुरा यसरी चपाएकी थिइन् र बच्चा रगताम्य भएको थियो ।

जब ड्युटीमा रहेकी नर्शले यो भयानक दृश्य देखिन् त उनी चिच्याइन् र तत्कालै बच्चालाई ती नरभक्षी आमाबाट खोसिन् । आमाबाट चपाइएको बच्चाको उपार भइरहेको छ । मानसिक रोगबाट प्रताडित आमाको पनि उपचार भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here