दुवै आाखा नभएको बच्चा जन्मियो

302

चीनको गुआंगझोउमा दुवै आाखा नभएको बच्चा जन्मिएको छ । सेप्टेम्बर २० का दिन गुआंगझोउको एक अस्पतालमा लियु पिहुआ नामकी महिलाले त्यस्तो बच्चा जन्माएकी हुन् । भ्रूणमै रहादा वंशाणुजन्य समस्याका कारण शरीरमा आाखा सिर्जना गर्ने तन्तुको विकास नहुादा उक्त बच्चाको शरीरमा आाखा नै नपलाएको हो । सोही कारण यो बच्चाले अब देख्न सक्नेछैन ।

यस्तो आाखाको विकास नै नहुने वंशाणुजन्य समस्यालाई एनोप्थ्याल्मिया डिअर्डर भनिन्छ । लाखौा जीवित जन्ममा एक/दुई बच्चामा मात्र यस्तो समस्या पाइन्छ । आनुवंशिक परिवर्तन तथा असामान्य क्रोमोजोमका कारण यस्तो समस्या पैदा हुन्छ । गर्भवती महिलाले बढी एक्सरे गराउादा, विभिन्नखाले रसायनको प्रयोगका साथै लागूऔषध, विकिरण र भाइरसको संक्रमणबाट समेत यस्तो समस्या पैदा हुनसक्ने वैज्ञानिकहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here