अर्बपति चौधरीलाई विप्लवको चेतावनी

178

काठमाडौ÷ विश्वको अर्बपति सूचीमा परेका नेपाली उद्योगपति विनोद चौधरीले आफ्ना उद्योगमा कार्यरत मजदुरहरूमाथि अमानवीय व्यवहार गरेको आरोप लागेको छ । चौधरीले नवलपरासीस्थित आफ्नो उद्योगमा कार्यरत मजदुरहरूलाई राजनीतिक आस्थाका आधारमा दुव्र्यवहार गरेको भन्दै अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले कारबाही गर्ने चेतावनी दिएको छ । माओवादी नवलपरासीले एक विज्ञप्ति सार्वजनिक गर्दै चौधरी उद्योगमा कार्यरत मजदुरप्रति भएको दुव्र्यवहारप्रति पार्टी गम्भीर भएको जनाएको छ ।
उक्त पार्टीले गत कात्तिक २८ गते आयोजना गरेको ‘बन्द’ कार्यक्रममा उद्योग बन्द नगरी मजदुरहरूमाथि अभद्र र अमानवीय व्यवहार भएको भन्दै विप्लव माओवादीले यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नवलपरासी जिल्ला सेक्रेटरी पदम केसी (जुझारु)ले हस्ताक्षर गरेको विज्ञप्तिमा पूर्वघोषित कार्यक्रम अनुसार दैनिक जीविकोपार्जनसँग जोडिएका अत्यावश्यक वस्तुहरूको मूल्यमा भएको वृद्धि, भ्रष्टाचार तथा कालोबजारीका विरुद्ध भएको आन्दोलनलाई सघाउनुको सट्टा उल्टै मजदुरहरूमाथि दुव्र्यवहार हुनु गम्भीर विषय भएको भन्दै यस्ता गतिविधिले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिइएको छ ।
स्मरणीय छ, दशवर्षे माओवादी जनयुद्धका बेला माओवादीको निशानामा रहेका विनोद चौधरीले तत्कालीन माओवादी नेता कान्छाबहादुरमार्फत् आफ्नो समस्या सुल्झाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here