पूर्वराजा ज्ञानेन्द्रको दयनीय अवस्था

243

काठमाडौं÷ नारायणहिटीबाट बाहिरिएपछि पनि नेपालको अवस्था झन् पछि झन् संकटग्रस्त देखिन थालेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले असन्तुष्टि पोख्दै राजनीतिक दलका नेताहरूप्रति कटाक्ष गर्दै बोलेको धेरै दिन बितेको छैन । पूर्वराजाले राजनीति दलहरूप्रति आपूmलाई निषेध नगर्न चेतावनी दिंदै वक्तव्यबाजी गरेपछि अब के हुने हो भन्ने चर्चा राजनीतिक वृत्तमा निकै चल्यो । पत्रपत्रिकाहरू र विभिन्न सञ्चारमाध्यमहरूसमेतले पूर्वराजाबाट दलहरूप्रति असन्तुष्टि व्यक्त गरिएकोबारे महत्वका साथ चर्चा गरे । ठीक त्यहीबीच पूर्वराजा ज्ञानेन्द्र सिंगापुर हुँदै चीन पुगेको चर्चाले झनै महत्व पायो । चीनबाट पूर्वराजा स्वदेश फर्किने र पूर्वपञ्चहरूको पार्टी एकीकृत हुने काम पनि सँगसँगै भयो । यो संयोगले पनि निकै चर्चा पायो । तर पूर्वराजालाई दयनीय अवस्थामा पु¥याउने गरी पूर्वपञ्चहरूको एकीकृत पार्टी राप्रपाले छिमेकी मुलुक भारतको दवावमा हुन गैरहेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
पूर्वपञ्चहरूलाई राष्ट्रियताका सवालमा ‘मण्डले राष्ट्रवादी’ र ‘महेन्द्रवादी’ भनेर आरोपित गर्ने दलका नेताहरूकै पिछलग्गु बनेर राष्ट्रलाई बिखण्डन गर्ने प्रस्तावमा सहमति जनाएर पूर्वपञ्चहरूले ‘महेन्द्रवादी’को कलंकबाट छुटकारा पाउने भएका छन् । पूर्वपञ्चहरूको यो अभियानले नेपालको राष्ट्रिय स्वाधीनतामा ठूलो प्रहार हुने निश्चित छ । पूर्वपञ्चहरूको पार्टी एकीकरण हुनुमा छिमेकी देश भारतको स्वार्थले काम गरेको रहेछ भन्ने पनि पुष्टि भएको छ ।
आफ्नो गुमेको राजसंस्था फर्काउन सहयोगी बन्लान् भनेर पूर्वराजा ज्ञानेन्द्रले आशा गरेका पूर्वपञ्चहरू छिमेकी देशको भरौटेका रूपमा प्रस्तुत हुन तयार भएपछि पूर्वराजाको अवस्था दयनीय बनेको हो । पञ्चायतकालमा अन्य राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएर आपूmहरू राष्ट्रवादी भएको दावी गर्ने पूर्वपञ्चहरूको राष्ट्रघाती अभियान नै संविधान संशोधनको निर्णायक आधार बन्न गैरहेको छ । पूर्वपञ्चहरू एकीकृत नहुँदासम्म दर्ता हुने नसकेको संविधान संशोधनको प्रस्ताव दुई पञ्च पार्टीहरू एकीकृत हुनासाथ संसद्मा दर्ता भएपछि अब देश बिखण्डनको आधार तयार हुने निश्चित बनेको छ । संसद्मा दुईतिहाइ बहुमत पु¥याउन पूर्वपञ्चहरू राष्ट्रघातका मतियार बन्न तयार भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here