एभरेष्ट बैंकद्वारा अशक्त बालबालिकालाई सहयोग

175

काठमाडौं । एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व (सिआरएस) कार्यक्रम अन्र्तगत अशक्त बालबालिकालाई सहयोग गरेको छ । विश्व अपाङ्गता दिवसको अवसर पारेर बैंकले आइतवार लगनखेलको नमुना मेहेन्द्र सेकेण्डरी स्कुलका दृष्टिविहिन विद्यार्थीलाई आवश्यक सामग्री वितरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नायब महाप्रबन्धक राजिव जैनले उक्त सामग्री वितरण गरेका हुन् । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले देशभरका विभिन्न शाखामार्फत शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा सहयोग गर्दै आइरहेको बताएको छ ।         (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here