ओलीमाथि चार वाम नेताको गम्भीर आरोप

124
g]skf Pdfnn] ;'? u/]sf] d]rL–dxfsfnL cleofg cGtu{t afFs]sf] g]kfnuGhdf ePsf] cfd;efnfO{ ;Daf]wg ub}{ Pdfn]sf cWoIf s]kL zdf{ cf]nL . tl:a/ M cd[tf s] ;L , sf]xnk'/ afFs], /f;;

काठमाडौं / सत्ता गठबन्धन बाहिर रहेका चारकम्युनिष्ट पार्टीका नेताहरुले एमाले प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनीहरुले ओलीको राष्ट्रवादमाथि प्रश्न उठाएका छन् । ‘भारतसँग असमान सन्धि सम्झौता र राष्ट्रियताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मंगलबार नेताहरुले यस्तो आरोप लगाएका हुन् । बागबजारस्थित होटेल हार्दिकको सभाकक्षमा आयोजित कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, विप्लव नेतृत्वको नेकपा र ऋषि कट्टेल नेतृत्वको नेकपाका नेताहरुसहित अन्य स्वतन्त्र वाम बुद्धिजीवीहरुले प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि प्रश्न उठाएका थिए ।

 
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले ओली कुनै सन्धि सम्झौता गर्न गएका थिएनन् भने किन गएका थिए भन्ने प्रश्न गर्दै आफू भारतनिकट नै भएको आश्वस्त पार्न भ्रमणमा गएको आरोप लगाउनुभयो ।
‘ओली भारत जानुको कारण म पुनः मोदी क्याम्पमा फर्किसकेको छु भन्ने सन्देश दिन हो’, गजुरेलले भन्नुभयो । गजुरेलले केपी ओली अब अब नाकाबन्दीताकाका ओली रहेनन् भनी दुःख व्यक्त गर्नुभएको थियो । गजुरेलले अरुण तेस्रो दिल्ली मै बसेर उद्घाटन गर्ने भनिए पनि अन्तिम समयमा किन भएन भन्ने पनि रहस्यमय भएको धारणा राख्नुभयो । उहाँले महाकाली सन्धि गर्दा ओलीको भूमिका कस्तो थियो भन्ने नेपाली जनताले भुलिनसकेको पनि स्मरण गराउनुभयो ।
विप्लव नेतृत्वको नेकपाका जनसरकार प्रमुख सन्तोष बूढामगरले प्रचण्डलगायतका नेताहरु जनयुद्धदेखि नै भारतको इशारामा चलेको आरोप लगाउनुभयो ।

 
त्यस्तै नेकपाका महासचिव ऋषि कट्टेलले कम्युनिष्टलाई साम्राज्यवादीले राष्ट्रघाती काम गर्न उक्साउने गरेको धारणा राख्दै त्यसप्रति सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।

 
कार्यक्रममा पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षत्री, सीमाविज्ञ बुद्धिनारायण श्रेष्ठ, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, पूर्वमन्त्री जलस्रोतविद् दीपक ज्ञवालीलगायतले प्रधानमन्त्री ओलीबाट राष्ट्रियताको पक्षमा भारत भ्रमणका क्रममा कुरा राख्न नसकेको आरोप लगाउनुभएको थियो ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here