वर्तमान सरकार श्री ३ सरकार जस्तो भएको राणाको आरोप

269

काठमाडौं । सरकारविरुद्ध विरोध प्रदर्शन कार्यक्रममा संबोधन गर्दै मोहनशम्शेरका नाति पशुपतिशमशेर राणाले वर्तमान ओली सरकार राणाकालीन श्री ३ सरकार जस्तो भएको टिप्पणी गरेका छन् । उनले वर्तमान सरकारले गठन भएको ५ महिनामै आफ्नो असली तानाशाही रुप देखाएको आरोप लगाएका छन्।

पशुपतिशमशेर राणाले आफू राणा प्रधानमन्त्री मोहनशम्शेरको नाति भएको स्मरण गर्दै फेरि देशमा श्री ३ को सरकार आएको दावी गरेका थिए ।

जनतालाई समृद्धिको सपना देखाएर भोट बटुलेको सरकार जनमत विरुद्ध लागेको आरोप लगाउँदै राणाले अहिलेकै रबैया रहे केपी ओली नेतृत्वमा रहेको कम्युनिस्ट सरकारको जग हल्लिने चेतावनी पनि दिए । यही रबैया रहृयो भने जग हल्लिन सक्छ । हामी त्यो ढंगले अघि बढछौं । राणाले चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here