काठमाडौ/ सरकारले काठमाडौं उपत्यकाका सबै सवारी साधनमा भदौ १३ गते बुधबारदेखि , १४ गते बिहीबार र १५ गते शुक्रबार उपत्यकाभित्र शुक्रबारसम्म जोरबिजोर प्रणाली लागू गर्ने भएको छ ।
सरकारले बिमस्टेक सम्मेलनमा ट्राफिक व्यवस्थापन सहज बनाउन चार पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी साधनमा मात्र नभएर दुई पाङ्ग्रे मोटरसाइकलमा समेत यो नियम लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सरकारी प्रयोजनका लागि प्रयोग हुने अत्यावश्यक बाहेकका सवारी, कुटनीतिक नियोगका सवारीमा पनि यो नियम लागू गरिने भएको छ ।
नियम अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ९१, ३, ५, ७, ९० भएका सवारी साधनहरू सञ्चालन हुन पाउने छन् भने १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ९०, २, ४, ६, ८० भएका सवारी साधनहरू चल्ने छन्।
ट्राफिक प्रहरीले नियम नमानी सवारी चलाएमा दिनभर नियन्त्रणमा लिने र ५ सय रुपैयाँ जरिवाना लाग्ने प्रहरीले जनाएको छ


















