‘गुण्डा’छुटाउन सांसद नबिनाले दबाब दिएपछि, एसएसपीले हप्काएर पठाए

305

काठमाडौं/ गुण्डा छुटाउन प्रहरी कार्यालय पुगेकी माननीय नबिना लामालाई अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले हप्काएर फिर्ता पठाएका छन् ।

काभ्रेबाट सांसद बनेका नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नबिना लामासहितको टोलीले गुण्डा छुटाउन दबाब दिएपछि अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सिंहले हप्काएर फिर्ता पठाएका हुन् ।

समानुपातीक कोटाबाट सांसद बनेकी लामासहित काभ्रे क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद गंगाबहादुर लामा ‘वनध्बज’ तथा काभ्रे क्षेत्र नं १ ‘क’ प्रदेशसभा सांसद रत्न ढकाल सहितको टोली काभ्रेली समूहमा क्रियाशिल ‘गुण्डा’ का रुपमा चिनिएका सत्यमान लामालाई छुटाउन माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेका थिए । गुण्डा लामाले ठमेलमा एक व्यापारीलाई ज्यानमार्ने धम्की दिएको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

मंगलबार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीलाई दबाब दिन बिहीबार दिउँसो साढे १२ बजे सांसद लामा नेतृत्वको टोली महाशाखा पुगेपछि एसएसपी सिंहले अपराध नियन्त्रणका लागि प्रहरी सक्रिय रुपमा लागेको भन्दै आपराधिक क्रियाकलापमा सहभागि हुनेलाई उन्मुक्ति दिने गरी दबाब नदिन आग्रह गर्दै सांसदहरुको टोलीलाई हप्काएर फिर्ता पठाएका थिए ।

एसएसपी सिंहले पक्राउ परेका सत्यमानका विषयमा अनुसन्धान भइरहेको र उनी दोषी ठहरिए कानून बमोजिम कारबाही गर्ने पनि महाशाखा पुगेका सांसदहरुको टोलीलाई जवाफ दिएका थिए । उनले ज्यानमार्ने धम्कीको आरोपमा पक्राउ परेका उनलाई छोड्न अदालतको आदेश ल्याएर देखाउन पनि चुनौती दिएका छन् ।

काभ्रे तिमाल-६ का सत्यमानलाई एकमहिना पहिले महानगरीय प्रहरी परीसर काठमाडौले पक्राउ गरेको थियो । उनै सांसद नविना लामाको दवाबमा तत्कालीन प्रहरी प्रमुख विश्ब पोखरेलले मुद्धासमेत दर्ता नगरी उनकै जिम्मा लगाएर पठाएका थिए । नेपाल समयबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here