एसिड आक्रमणकी घाइते सम्झनाको अस्पतालमा मृत्यु

123

काठमाडौं । एसिड आक्रमणमा घाइते भई उपचाररत रौतहटकी १८ वर्षिया किशोरी सम्झना दासको मृत्यु भएको छ। आइतबार राति ११ बजेर ४० मिनेटमा सम्झनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो।

सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य छ। उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जानकारी छन्।

उपचारमा संलग्न चिकित्सकका अनुसार सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो। मेडिकल भाषामा सेप्सिस (संक्रमण) अवस्थामा रहेकी उनको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालका प्रवक्ता डा सुरेन्द्रजंग बस्नेतले जानकारी दिनुभएको छ ।

ुउपचारमा संलग्न एक चिकित्सकले भन्नु भयो– ‘यस्तो अवस्थामा उपचारका लागि ल्याउँदै गर्दा नै शरीर चिस्याउनेदेखि पानी दिनेसम्मका साबधानीहरू अपनाउनुपर्छ, उहाँलाई यहाँ ल्याउनु अघि ती साबधानी अपनाउन सकेको देखिन्न। हामीले कोसिस त गर्‍यौँ तर सफल भएनौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here