दुर्घटनामा परे नायक विपिन कार्की

713

चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक गरेर छायांकन आरम्भ गरिएको फिल्मका मुख्य कलाकार नायक विपिन कार्की घाइते भएका छन् ।

फागूण १७ गतेलाई प्रदर्शन मिति तोकेर छायांकन भैरहेको चलचित्र ‘जात्रै जात्रा’को छायांकन स्थलमा जाने क्रममा आज बिहान कालिमाटीमा दुर्घटनामा परेका छन् । जसले गर्दा, चलचित्रको छायांकन केही दिन प्रभावित हुने देखिएको छ ।

कलंकीमा विपिन चढेको मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । विपिनको खुट्टामा चोट लागेको निर्देशक प्रदिप भट्टराइले बताए । उनले भने–‘बिहान एक्सरे गर्दा खुट्टा भाँचिएको देखिएको छ । अन्य जानकारी केही समयपछि थाहा हुनेछ ।’

विपिन घाइते भएपछि यसका निर्देशक भट्टराई, निर्माता रविन्द्र सिंह बाँनिया केही तनावमा देखिएका छन् । ‘जात्रै जात्रा’मा दयाहांग राई, बिपिन कार्की, बर्षा राउत, रबिन्द्रसिंह बानिया, रविन्द्र झा लगायतको प्रमूख भूमिका छ । चलचित्रको छायांकन असन, इन्द्रचोक र बौद्धमा भैरहेको छ ।

प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको निर्माताको रुपमा सिंगे लामा र यादव पौडेल रहेको यो फिल्म फागुन १७ गते देखी प्रदर्शनमा आउने जनाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here