काठमाडौं / वरिष्ठ कलाकार एवम् समाजसेवी श्रीकृष्ण सिंखडाले अपाङगता भएका मानिसहरुका लागि राज्यले स्वास्थ्य र शिक्षा निःशुल्क रुपमा प्रदान गर्न माग गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय अपाङ्ग श्रीमती संघ, नेपालले आयोजना गरेको अन्तरक्रिया एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सिंखडाले यस्तो माग गरेका हुन ।
राष्ट्रिय अपाङ्ग श्रीमती संघ, नेपालकी अध्यक्ष उषा सिंखडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले भने,‘देश काठमाडौंमा भेटिँदैन, देश त कुन कन्दरामा भेटिन्छ, जहाँ साँस्कृतिक पक्ष भेटिन्छ, जनताको पिर मर्का उस्तै छन्, समाजमा हिँसा, हत्या, अत्याचार र बलत्कारले सिमा नाघेको स्थिति छ, निर्मला पन्तका हत्यारा पत्ता लगायनको लागि सरकार अझैपनि अल्झीरहेको देखिन्छ, जनताहरुको आक्रोश पैदा भएको अवस्थामा पनि सरकारले पीडीतहरुको पक्षमा काम गर्न सकेको छैन।’
उनले अघि थपे,‘समाज सपाङ्गहरुको मात्रै होईन, शारीरिक रुपमा अशक्तता भएका मानिसहरु पनि समाजकै मानिस हुन, अरुभन्दा तपाईहरुको क्षमता र चेतनाको स्तर एक्दम माथि छ, तपाईहरुसँग भएको कला, नृत्य, पुस्तक लेखन, गीत गायन, कविता रचना, उपन्यास प्रकाशित जस्ता थुप्रै कामहरु सफलतापूर्वक गर्नुभएको छ, यसको प्रशंसा जतिगरेपनि कम हुन्छ ।’
राष्ट्रिय अपाङ्ग श्रीमती संघकी अध्यक्ष उषा सिंखडाले अपाङ्गता भएका महिलाहरु यौन हिँसाको शिकार भएको दाबी गरेकी छिन् । उनले भनिन्,‘वर्तमान समयमा अपाङ्गता भएका महिलाहरु चरम यौंन हिँसामा परेका छन्, सरकारले यसमा गम्भिरताका साथ काम गर्नुपर्छ, केही दिन अघि नयाँ बसपार्कमा बेवारिसे बच्चा जन्मेको छ, उनी बोल्न सक्दैनन्, सुन्न सक्दैनन्, सरकारले अपाङ्गता भएका मानिसहरुलाई उचित व्यवस्थापन गर्न सकेको छैन्, बाटो, भवन, शौचालयजस्ता आधारभूत कुराहरुमा अपाङ्गता भएका मानिसहरुलाई निक्कै गाह्रो भएको छ ।’
यौन हिंसा आज विश्वव्यापी रुपमा जटिल बन्दै गएको उल्लेख गर्दै उनले थपिन्,यसको अन्त्यका लागि निरन्तर प्रयन्त भैरहेका छन्, सबै अपाङ्गता भएका व्यक्ति वा जुनसुकै महिला र बालिकाहरु लैंिगक असमान र यौन हिंसाबाट पीडित हुनुपर्ने बिडम्बना छ, यसको अन्त्य गर्न सरकारले कडा कानून ल्याउनुपर्छ, देशका विभिन्न भागमा बलात्कारका घट्नाहरु घटिरहेका छन्, १६ दिने महिला हिँसाविरुद्धको अभियान चलिरहेको छ, अर्कोतिर निर्मलाजस्ता बालिकाहरुको स्थिति छ, यसमा सरकार गम्भिर भएर लाग्नुपर्छ ।’



















