फणीन्द्र नेपाललाई १ हजार जरिवाना

175

काठमाडौं / ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले रु १ हजार जरिवाना गरेको छ ।

प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यको एकल ईजलासले यही मंसिर २३ गते नेपाललाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा रु १ हजार जरिवाना गरेको हो ।

नेपाललाई बिम्स्टेक अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएकै दिन गत भदौ १४ गते बिहान ८:१५ बजे चाबहिलस्थित निजकै निवासबाट बाहिर निस्कनासाथ सादा पोसाकका प्रहरीले पक्राउ गरी ६ दिन गौशाला प्रहरीवृत्तको हिरासतमा राखिएको थियो ।

यो जरिवाना हाँस्यास्पद र भारतीय चाकडीमा ओली सरकारले देशभक्त नेपालीहरुलाई हतोत्साही गराउने निर्लज्जतापूर्ण कार्य भएको भन्दै नेपालले यो निर्णयका विरुद्ध प्रतिक्रिया जनाएका छन् ।
निर्णय यस प्रकार छ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here