मैले पटक-पटक संकल्प गरेको छु, जनताका अपेक्षालाई विफल हुन दिन्न : प्रधानमन्त्री ओली

112

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवतको नयाँ वर्ष २०१९ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने दाबी गरेका हुन्।

‘निर्वाचनमार्फत प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटक-पटक संकल्प गरेको छु, जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छ।’ प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here