किन र कसरी मनाइन्छ माघे सक्रान्ति ?

749

जाडो महिनामा चिसो बढी हुने भएकोले गर्दा दैनिक मानिसको दैनिक जीवन कष्टकर हुँदै गएको छ । देशका कुनै भूभागहरुमो हिमपात भइरहेको छ कतै कठ्याग्रिने चिसो छ । यसै समयमा माघ १ गते माघे संक्रान्ति मनाउँने गरिन्छ । यसलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी पनि भनिन्छ । यो पर्व को आफ्नै छुट्टै विशेष महत्व रहेको पाइन्छ । सामाजिक, आर्थिक, स्वास्थ्य र समाजसँग लगायत सबै दृष्टिको कारण माघे संक्रान्ति मनाउने गरिन्छ ।

विशेष गरी जाडो याममा मनाइने यो पर्वले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । ज्योतिष विज्ञानको मान्यता छ, यो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । यस दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्छ । माघे संक्रातिको सम्बन्ध खानपानसँग जोडिएको छ । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । ग्रामिण समाजमा के पनि प्रचलन छ भने, आफ्नो घरमा पकाएको खानेकुरा छिमेकीकहाँ बाढीचुडी खाने चलनको पछाडि केही तथ्य लुकेको पाइन्छ ।

तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हो । प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छ । अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमुल खाएर पनि प्राण धान्ने पुरानो चलनको निरन्तरता हो यो । अहिले पनि मौसमी चक्र अनुसार खानपान शैली अपनाउने हो भने कन्दमुल खानु स्वास्थ्यको दृष्टिकोणले निकै उपयोगी हुन्छ । घिउ, चाकु, तिलको लड्डु खाने भएकाले शरीरलाई जाडोसँग जुध्न सहयोग गर्छ । अर्थात जाडोमा शरीरलाई न्यानो दिलाउनका लागि यी खानपान उपयोगी हुन्छ । यो पर्व एक सांकेतिक पर्व हो, जसले फरक खानपान र जीवनशैलीमा हामीलाई प्रेरित गर्छ । यद्यपी हामी माघे संक्रान्तिको एक दिन मात्र यस्ता खानपान शैली अपनाउँछौं । जबकी जाडो याममा नियमित रुपमा कन्दमुल, चाकु, तीलको लड्डु, खिचडी खानु स्वाथ्यको लागि बढी लाभदायक हुन्छ ।

अर्को प्रचलन भनेको, एउटा घरमा पाकेको खानेकुरा छिमेकमा बाँडीचुडी खाने भएको सामाजमा सामाजिक सद्भाव बढाउन मद्दत गरिएको पाइन्छ । विशेष गरी विशेष गरी गाँउघरतिर विभिन्न परिकार पकाएर छिमेकमा पुर्‍याउने चलन छ । संभवत यो सिजन खाद्य संकट हुने र त्यसलाई टार्नका लागि आपसमा बाँढीचुडी खाने प्रचलन बसाइएको हुनुपर्छ । आजकाल यो चलन नहुन पनि सक्छ । अरुबेला कसको भान्साम के पाक्छ भन्ने थाहा हुन्न । यतिबेला एकआपसमा बाढ्ने भएकाले यसले सामाजिक सद्भाव कायम राख्न मद्दत गर्छ । यो भनेको समाजलाई एकाकार गराउने वा जोड्ने मेलो पनि
हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here