क्रिकेट खेलाडीहरुलाई विमानस्थलमा भव्य स्वागत

108

काठमाडौं/पहिलो पटक एकदिवसीय र टी-२० सिरिज जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको भव्य रुपमा स्वागत गरेको छ । खेलाडीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, राष्ट्रिय खेदकुद परिषद (रापेख) उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव केशव विष्ट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नु भएको थियो । खेलाडीहरुलाई सम्मानका लागि रातो कार्पेट विछ्याइएको थियो । त्यस्तैगरी, राखेपले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ । सदस्य सचिव विष्टले भने, प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here