धनगढीमा बलात्कारीलाई गोली प्रहार

85

धनगढी / कैलाली प्रहरीले जिल्ला अदालत परिसरबाट जवरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। बुधबार बिहान धनगढी उपमहानगरपालिका ९६ बेलाको जंगलबाट कैलाली लम्कीका २३ वर्षीय दिल्प परियारलाई नियन्त्रणमा लिएको हो।

मंगलबार जवरजस्ती करणी मुद्दाका अभियुक्त परियार जिल्ला अदालत परिसरबाट भागेका थिए।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले वेलाको जंगलमा लुकेर बसेका परियारले भाग्न खोजेपछि गोली चलाइएको बताए ।’जंगलमा लुकेर बसेको अवस्थामा भाग्न खोजेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो’, उनले भने

उनको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घाइते भएका परियारको बाँया खुट्टामा चोट लागेको उपचारमा संलग्न डा. गोविन्द रावतले जनाए । डा.राउतका अनुसार उनको बाँया खुट्टामा गोलीले छेडेको छ।अप्रेसनको तयारी भइरहेको सत्य समाचारमा प्रकाशित छ ।

जवरजस्ती करणी मुद्दाका अभियुक्त परियारलाई कैलाली प्रहरीले म्याद थपका लागि मंगलबार जिल्ला अदालत लगेका बेला उनी हतकडीसहित अदालत परिसरबाट फरार भएका थिए । प्रहरीले मंगलबारबाट जिल्लाका विभिन्न ठाउँमा प्रहरी परिचालन गरी खोजी गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here