बेलायती राजकुमार ह्यारीकी पत्नी मेगन मार्कल यौनकर्मी महिलाको उद्धारको लागि काम गर्ने ‘ट्वेन्टी फाइभ च्यारिटी’ शोमा गइन् । तर त्यहाँ पुग्दा उनले यौनकर्मी महिलाप्रति प्रकट गरेको मानवीय भावना र सहानुभूतिको चर्चा भइरहेको छ ।
मेगनले केही यौनकर्मी महिलालाई फलफूल समेत वितरण गरेकी थिइन् । यससँगै उनले यौनकर्मी महिलालाई आत्मवल बढाउन केही फलफूलमा हतार हतार सकारात्मक सन्देश लेखिन् । फलफूलका कार्टुन खोल्दै उनले त्यहाँ रहेका महिलासँग मार्कर मागिन् र सन्देश लेख्न थालिन् । यसबेला उनले यौनकर्मी महिलालाई वितरण गर्न राखिएका केराको बोक्रामा ‘तिमी शक्तिशाली छौ’, ‘तिमी मायालु छौ’ जस्ता वाक्य लेखेर सन्देश दिएकी थिइन् ।
रोचक त के भने मेगनले यस्तो लेखिरहँदा पुर्वयोजनाबाट लेखिए झैँ लाग्दैनथ्यो । उनले हतारमै मार्कर मागेर धेरै नसोचिकनै लेख्दा त्यहाँ उपस्थित सबै दंग परेका थिए । ब्रिस्टोलको अत्यधिक जाडो छिचोल्दै यौनकर्मी महिलालाई ढाडस् दिन यहाँ पुगेको राजकुमार जोडीको प्रसंसा अन्य थुप्रैले गरेका छन् । अमेरिकी पूर्वअभिनेत्रीसमेत रहेकी मेगन यसअघि पनि प्रेरणादायी कार्यक्रमबाट चर्चामा छिन् ।

















