प्रदेश २ को स्थायी राजधानी ‘जनकपुर’ र भाषा ‘मैथिली’ राख्न देउवाको सुझाव

103

जनकपुर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश २ को स्थायी राजधानी ‘जनकपुर’ र भाषा ‘मैथिली’ हुनुपर्ने जनाएका छन् ।

देउवाले जनकपुरमा आइतबार पत्रकार भेटघाटमा कांग्रेस प्रदेशको नाम, भाषा र राजधानीमा एकमत रहेको जनाए । देउवाले भने, ‘प्राचिन सहर जनकपुर नै प्रदेशको राजधानीका लागि उपयुक्त छ।’ सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार वर्ष दिनमा केहि पनि गर्न नसकेको टिप्पणी गरे। ‘देशका लागि एउटा पनि देखाउने काम सरकारले गर्न सकेको छैन,’ उनले भने।

सभापति देउवाले सरकारले संघीयतालाई कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाए। ‘समाजिक सञ्जाल कन्ट्रोल गर्ने बाहानामा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको जनाउँदै प्रेस स्वतन्त्रता बिना प्रजातन्त्र सबल हुँदैन भन्ने धारणा व्यक्त गरे । उनले भने , प्रजातन्त्र र प्रेस एकअर्काको परिपुरक हो। अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन सरकारले ‘साइबर ल’ ल्याएको हो।’

नेपाली कांग्रेस पार्टी भित्रको विवाद मिलाउन छुट्टै कमिटी गठन गर्ने जनाउँदै सभापति देउवाले वाइडबडीको खरिदमा भएको भ्रट्राचारको वास्तविकता तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here