महाशिवरात्रीको अवसरमा पशुपतक्षेत्रमा नेपाल मेडीसिटी अस्पतालको शिविर सञ्चालन

99

 काठमाडौं / महाशिवरात्रीपर्वको अवसरमा गत वर्षझै यस वर्ष पनि नेपाल मेडीसिटी अस्पतालले शिविर सञ्चालन गरेको छ । यस पर्वमा देश तथा विदेशबाट लाखौको संख्यामा भक्तजन आउने र भीडभाड रहने भएकाले स्वास्थ्य उपचार टोली अत्यावश्यक रहेको हनाले नेपाल मेडीसिटी अस्पतालले उच्चस्तरिय मोबाइल क्लिनीक भ्यान सहित निःशुल्क उपचार गरेको छ ।

लाखौको संख्यामा दर्शनार्थी उपस्थित भएकोमा अधिकांशमा पानी तथा ग्लुकोजको मात्र कम भएर व्रतालु तथा अन्यमा समेत कमजोरी देखिएको थियो । त्यस्तै कतिपयको धेरै समय लाइनमा बस्नुपर्दा ब्लड प्रेसर थपघट भएको मेडीकल समुहको अनुभव छ । करिब ३ सयभन्दा बढि व्यक्तिको स्वास्थ्य जाँच नेपाल मेडीसिटीको मेडिकल टोलीले गरेको छ ।

संसारभरका हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा शिवरात्री पर्वको अघि र पछि पनि मानिसको भीड रहने विषयलाई मध्यनजर गर्दै शिवरात्री पर्वको भोलीपल्ट अर्थात मंगलबार पनि शिविर सञ्चालन गर्न लागिएको नेपाल मेडीसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिनुएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here