९० डिग्री घुमेको बुलेट ट्रेनको बाटो

232

एजेन्सी / चीनका इन्जिनियरहरुले बुलेट ट्रेनको लिक बनाउनको लागि एक बस टर्मिनललाई ९० डिग्री घुमाइदिइएका छन् ।
घटना फुजैन प्रान्तमा रहेको बन्दरगाह सहर शियामेनको हो । ३० हजार टन वजनको यस टर्मिनललाई ४० दिन लगाएर ९० डिग्री घुमाइएको हो । यस टर्मिनलको संरचनामध्ये पाँच तल्ला जमिनमाथि र दुई तल्ला जमिन मुनि रहेको छ ।

पुरा संरचना ५३१ फुट लामो र ११० फुट चौडा रहेको थियो। संरचना सार्दा एक कुनालाई जस्ताको तस्तै छाडिएको थियो तर दोस्रो कुना भने पहिलेको स्थानबाट ९४५ फुट टाढा सारिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here