फ्रान्सको नोट्र–डाममा आगो निभाउन महत्वपूर्ण थियो त्यो ३० मिनेट

182

एजेन्सी / करिब आठ सय ५० वर्ष पुरानो भवन जलिरहेदा शहरका मानिसहरुका मनपनि जिलिरहेको थियो । उक्त भवन कसैको घर थिएन तर क्रिश्चियन धर्मावलम्बीको आस्थाको केन्द्रबिन्दुका साथै शहरको पहिचान पनि । पेरिसको चर्चित नोट्र डाम क्याथेड्रलमा सोमबार भीषण आगलागी भयो । एउटा सानो आगोले पूरा भवन विध्वंश भयो । आगो जति छिटो फैलियो त्यति नै छिटो आगो निभाउनेहरु पनि सक्रिय भए । शहरको यो सबैभन्दा प्रमुख गिर्जाघरलाई बचाउनका लागि १५ देखि ३० मिनेटको समय निकै महत्वपूर्ण रहेको थियो ।

फ्रान्सका उप गृहमन्त्रीले यसलाई बचाउनका लागि आफ्नो ज्यानको समेत पर्वाह नगरेको भन्दै अग्निनियन्त्रकहरुको काम र लगनको निकै तारिफ गरेका थिए । ‘यो उनीहरुको हौसला नै थियो जसका कारण गिर्जाघरका ढुङ्गा र यसका दुई टावरलाई सुरक्षित बचाउन सकियो ।’ यद्यपी, गिर्जाघरमा लागेको आगो यति भयानक थियो कि यसको छाना पूर्ण रुपमा नष्ट भएको छ । आगो लाग्नुका कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

उप गृहमन्त्री लरेन्ट न्यूनेजले भने, ‘अहिलेका लागि हामीलाई यो सारा खेल १५ देखि ३० मिनेटको थियो भन्ने मात्र थाहा छ । ’ उनका अनुसार आगोमाथि पूर्ण नियन्त्रण पाइएको भएपनि पुलिस र दमकल अधिकारीको समूह भवनको सुरक्षा सुनिश्चित गर्नका लागि अर्को ४८ घण्टा त्यही बस्नेछन् । पेरिसका सरकारी वकिल रेमी हेइट्जले आगलागी दुर्घटनावश भएको हुनसक्ने सम्भावना प्रचुर छ तर आफूले घटनाको मूल कारण जान्नका लागि करिब ५० जनालाई जिम्मेवारी सुम्पिएको जानकारी दिए ।

एक अन्य अधिकारीले भवनको पुनर्निर्माणको काम चलिरहेकाले यसैकारण आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । एकातर्फ आगलागीको वास्तविक कारण पत्ता लाग्न सकेको छैन भने अर्कोतर्फ चिन्ता यसकारण मात्र छ कि अब यो भवनलाई पुनः कसरी निर्माण गर्ने । विशेषज्ञका अनुसार यो काममा कम्तीमा १० देखि १५ वर्षको समय लाग्नेछ ।

तर राष्ट्रपति इम्यानुएल म्याक्रोंले नोट्र डामलाई पाँच वर्षमा पुनः उभ्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यतिमात्र होइन, उनले एक टिभी सम्बोधनमा यसलाई पाँच वर्ष अहिलेसम्मकै सुन्दर स्थितीमा पुर्याउने बताएका छन् ।

ले मोन्ड पत्रिकाका अनुसार भवनलाई पुनः स्थापित गर्न थुप्रै कम्पनी एवं उद्योगपति तम्सिएका छन् । अहिलेसम्म भवनको नाममा ९१३ मिलियन डलर (१ खर्ब बढी रुपैयाँ) जम्मा भइसकेको छ । फ्रान्सका मात्र होइन संसारभरीका मानिसहरु यो भवनको पुनर्निर्माणका निम्ति अग्रसर भएका छन् । युरोपेली संघकमा राष्ट्रपति डोनल्ड टस्कले पनि यसबारे आफ्नो चिन्ता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here