स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडको जित

94

एजेन्सी / स्पेनिस ला लिगामा बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३-२ ले पराजित गरेको छ। मड्रिडको यस जितले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको उपाधिमाथि कब्जा जमाउने लक्ष्य एक खेलसम्मका लागि पर सरेको छ।

हिजोको खेलमा भ्यालेन्सिया विजयी भएको भए बार्सिलोना यस सिजनको लिग विजेता बन्ने थियो। भ्यालेन्सियालाई ३-१ ले पराजित गर्ने क्रममा लिगको दोश्रो स्थानमा रहेको मड्रिडका लागि खेलको ९ औं मिनेटमा अल्माभारो मोराटाले गोल गर्दै अग्रता दिलाएका थिए । सो अग्रतालाई भ्यालेन्सियाले खेलको ३६ औं मिनेटमा बराबरी गर्‍यो। सो गोल केविन गामेइरोले गरेका थिए।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा बाँकी दुई गोल मड्रिडले खेलको ४९ र ८१ मिनेटमा गरेको थियो। ती गोलहरू क्रमशः एन्टोनी ग्रिजम्यान तथा एन्जल कोरियाले गरेका हुन्। यस्तै भ्यालेन्सियाका लागि दोश्रो गोल पारेजोले खेलको ७७ औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए। जितपछि एथ्लेटिको मड्रिडको ३४ खेलबाट ७१ अंक बटुलेको छ । शीर्षस्थानको बार्सिलोनाको ८० अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here