श्रीलंकामा श्रृंखलाबद्ध बम आक्रमणका मुख्य योजनाकार मारिए

128

एजेन्सी / गत आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका आक्रमणकारी मारिएका छन् । शुक्रबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले खुलासा गरेका छन् ।

राष्ट्रपति सिरीसेनाका अनुसार आक्रमणका मुख्य योजनाकार जहरान हाशिम कोलम्बोको शांगरी ला होटलमा हत्या भएको जनाएका थिए । हाशिम एक कट्टरपन्थी उपदेशक रुपमा जनाउँदै राष्ट्रपति सिरिसेनाले भनेका छन्, ‘हाशिम दोश्रो आत्मघाती हमलामा सो होटलमा मारिए ।’

श्रीलंकाली खुफिया एजेन्सीको पछिल्लो रिपोर्टलाई उल्लेख गर्दै राष्ट्रपति सिरिसेनाले भने, ‘श्रीलंकामा पछिल्लो समयमा इस्लामिक स्टेटसँग सम्बन्ध राख्ने १३० भन्दा बढी संदिग्ध व्यक्तहरु सक्रिय रहेका थिए ।’

तीमध्ये केहीलाई हिरासतमा लिइसकिएको र केहीले देश छाडिसकेको समेत उनले दाबी गरेका छन् । अहिले प्रहरीले ७० जनाको खोजी गरिरहेको समेत राष्ट्रपति सिरिसेनाले जानकारी दिए । श्रीलंकामा आइतबार भएको श्रृंखलाबद्ध ८ वटा बम आक्रमणमा परी सयौं मानिस मारिएका थिए । सो घटनाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here