काठमाण्डौं- लोकदोहोरी गायक विष्णु खत्रीको नयाँ गीत बिचल्ली सार्वजनिक भएको छ। लामो समय पछि बिष्णुले आफ्नै स्वर, शब्द र संगीतमा उक्त गीत बजारमा ल्याएका हुन्।
गीतमा गायक विष्णु खत्री र देवी घर्तिको आवाज रहेको छ। वैदेशीक रोजगारमा जाने सयौ नेपाली युवाले भोग्नु परेको कहालीलाग्दो अवस्थालाई गीत संगीतको माध्यमबाट उतार्ने जमर्को गरेका छन्। सुजन शाहिको सम्पादनमा तयार भएको गीतलाई दिलिप रेग्मीले निर्देशन मरुभूमि नारायणले छायांकन गरेका हुन्। गीतको भिडीयोमा दिलिप रेग्मी,साया भण्डारी,बिष्णु खत्री र प्रलाद सुबेदीको अभिनय रहेको छ।

















