रिहा भएका पत्रकार जितेन्द्र महर्जनलाई क्रान्तिकारी पत्रकार संगठन नेपालद्धारा अभिनन्दन

287

काठमाडौं  /  नेपाल भाषाको ‘न्हूगु ज्वजलपाः वापौ’ साप्ताहिक पत्रिकाका प्रकाशक जितेन्द्र महर्जन २२ दिनको हिरासतपछि मंगलबार  रिहा भयो । सर्बोच्च अदालतको आदेशपछि रिहा भएका हुन् । नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाइ गर्दै मंगलबार दिपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले महर्जनलाई रिहा गर्न आदेश दिएको हो । महर्जनलाई २०७५ साल चैत्र २६ गते समाचार संकलनका क्रममा काठमाडौको रामशाहपथस्थित नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालय परिसरबाटै पक्राउ गरेका थिए । नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, नेपाल लगायत प्रेस तथा मानवअधिकारसँग सम्बन्धित संघ९संगठनहरुले महर्जनको गिरफ्तारीको बिरोध जनाएका थिए ।

नेपाल पत्रकार महासंघको तर्फबाट महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट दायर पछि रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले २०७६ बैशाख ८ महर्जनलाई रिहा गर्न आदेश दियो । अदालतकोआदेशलगत्तै सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गर्यो । दोस्रोपटकको गिरफ्तारीका क्रममा अदालतको गेटमा महर्जनका बहिनी, आफन्त र समाचार संकलनका लागि पुगेका पत्रकारलाई समेत प्रहरीले धरपकड गरेको थियो ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका जैसी पत्रकार महर्जनको रिहाइको माग गर्दै महासंघको तर्फबाट पुनः अदालत पुगे । यसबीचमा पत्रकार महासंघ लगायत विभिन्न संघ संगठनहरुले सार्वजनिक रुपमा बिरोधका कार्यक्रम जारी राखे । पत्रकार महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले महर्जनको रिहाईका लागि देशव्यापी दवाव अभियान लगाउने र सत्तारुढ दल र प्रतिपक्ष दलसहित पुर्व प्रधानमन्त्री , सभामुखलगायतलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको थियो । लगत्तै अध्यक्ष गोविन्द आचार्यलगायतको टोली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्मलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रेसमाथिको हस्तक्षेप बन्द माग गरेको थियो ।

जैसीको दोस्रोपटकको रिटमाथी सुनुवाइ गर्दै मंगलबार दिपककुमार कार्की र हरिप्रसाद फुयालको सयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि रिहा भएका पत्रकार महर्जनलाई मंगलबार नै सवाद डबलीमा एक कार्यक्रमको आयोजना गरि अभिनन्दन गरेको छ । संगठनका उपाध्यक्ष जन्मदेव जैसी, महासचिव बाबुराम भुसाल, नेवा राष्ट्रिय पत्रकार दवूका केन्द्रीय उपाध्यक्ष नृपेन्द्र श्रेष्ठ, महासचिव सुनिल महर्जन, इमानदार मिडियाका अध्यक्ष कमल बुढा, संवाद डबलीका सचीव धनन्जय बुढा लगायत पत्रकारहरुको उपस्थितिमा भएको अभिनन्दन कार्यक्रममा महर्जनका आफन्तहरुको समेत सहभागिता रहेको थियो ।

अभिनन्दन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले महर्जनको रिहाइका लागि पहल र सहयोग गर्ने सबैलाई धन्यवाद दिए । लोकतान्त्रिक शासन व्यवस्थामा पनि आस्था, अभिव्यक्ति र विचारकै कारण पत्रकारलाई पक्राउ गरिनु दुखःद भएको भन्दै जैसीले प्रेसमाथि हुने सबै प्रकारका हस्तक्षेप बन्द गर्न सरकारलाई अपील गरे । उनले जुनसुकै प्रकारको अबरोधको सामना गर्नुपरे पनि प्रेस स्वतन्त्रताको अनवरत लडाइमा साथ दिन मानवअधिकार वादी र प्रेस जगतलाई अपिल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here