बालुवाटारको अतिक्रमित जग्गा दर्ता खारेज गर्दै सरकार

119

काठमाडौं-  सरकारले बालुवाटारको जग्गा दर्ता खारेज गर्ने भएको छ । व्यक्तिको नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजीको प्रक्रिया थालिएका हो ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ४५० कित्ता जग्गा रोक्का गरिसकिएको जनाएकी छन् । ‘कित्ता पत्ता लगाउन १५ दिन लागेको छ, छानबिनका लागि सोमबारसम्म म्याद दिएको छ, १७ र १८ कित्ता पत्ता लगाउन बाँकी छ, ती जग्गाको दर्ता खारेज गरेर सरकारको नाम ल्याइने उनले जानकारी दिइन् ।

ललिता निवासको २८४ रोपनीमध्ये ११३ रोपनी जग्गा कब्जा गरेको सम्बन्धमा पूर्वसचिव शारदाप्रसाद त्रितालको प्रतिवेदन पछि सरकार एक्सनमा आएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here