काठमाडौ, बरिष्ठ अधिवक्ता शम्भु थापाले मिडिया काउन्सिल विधेयकको प्रतिरक्षा गरिरहेका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको आलोचना गरेका छन्।
काठमाडौमा आइतबार आयोजना भएको एक कार्यक्रममा बोल्दै उनले भनेका छन्, गोकुल बाँस्कोटाको हुलिया अनुसार उनले बोलेको मिल्छ ? भन्दै प्रश्न गरेका छन् । गोकुल बाँस्कोटालाई हामीले चिनेको छैन ? अहिले हुलिया हेर्नुहोस् त बोलेको हेर्नुहोस् त नेपाली जनतासँग डिल गर्दै हुनुहुन्छ कि हामी त एउटा गए गुज्रेको दासलाई भनेको जस्तो भन्नुहुन्छ थापाले भनेका छन् ।
बाँस्कोटाको रवैया हेरेर आगामी चुनावमा भोट नदिन पनि थापाले आग्रह गरे । हामीले भन्न सक्छौँ कि सक्दैनौँ यिनलाई भोट नदेउ भनेर ? थापाले प्रश्न गरे । थापा मिडिया काउन्सिल विधेयक अनुसार प्रेसलाई नियमन गर्ने निकाय सरकारी अंग बन्ने र त्यसले जरिवाना गर्न नमिल्ने बताए ।