आज किन देशभरका अदालत बन्द ?

253

काठमाडौं / आइतबार मुलुकभरका अदालत बन्द भएको छ। पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज एकदिन अदालत बन्द गरिएको हो ।

शनिबार अन्त्येष्टि गरिएका खत्रीको शोकमा एक दिन अदालत बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले जानकारी दिए ।

खत्रीको अवसानले मुलुकको न्याय, कानुन र मानवअधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको निरौलाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

खत्रीको उपचारका क्रममा ललितपुरस्थित मेडीसिटी अस्पतालमा बुधबार निधन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here