लिओनल मेस्सीले छैटो युरोपियन गोल्डेन बुट जिते

321

एजेन्सी / लिओनल मेस्सीले छैटो युरोपियन गोल्डेन बुट जित्न सफल भएका छन् । यस अवार्ड युरोपका शीर्ष लिगका सर्वाधिक गोलकर्तालाई दिइने गरिन्छ ।

बार्सिलोनालाई ला लिगा च्याम्पियन बनाएका मेस्सीले ३४ खेलमा ३६ गोल गरेका छन् । मेस्सीले लगातार तेस्रो सिजन यस अवार्ड जितेका हुन् ।

पेरिस सेन्ट जर्मेनका केलिन एम्बाप्पे उनी भन्दा तीन गोल पछाडि रहे । २०१४ मा क्रिष्टियानो रोनाल्डो र लुइस स्वरेजले संयुक्त रुपमा  अवार्ड पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here