अस्पतालको शौचालयमै भेटियो सालनालसहित शिशुको शव

135

महोत्तरी / महोत्तरीको जलेश्वर अस्पतालको प्रसुति कक्षको शौचालयमा सालनालसहित बालिकाको शव फेला परेको छ ।

आइतबार सो शव भेटिएपछि प्रहरी र अस्पताल प्रशासलने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए । जलेश्वर अस्पतालका प्रमुख डा.राजिव झाले दोषी पत्ता लगाउने प्रयास जारी रहेको जानकारी दिए । घटना स्थलमा केही कपडा र हातको पन्जासमेत देखिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

शनिबार राति प्रसुति सेवामा एक स्टाफ नर्स, एक अनमी र एक सहयोगी ड्युटीमा थिए । उनीहरुले गर्भ पतन कसले गराएको भन्ने थाहा नभएको जनाएका छन् । स्टाफ नर्स सीमा साहले प्रसुति कक्ष बन्द रहेको र बिहान शौचालय सफा गर्नै बेलामा शव देखिएको जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here