पाइन्टको पछाडिको गोजीमा पर्स राख्दा लाग्न सक्ने गम्भीर रोगहरु

353

काठमाडौं / प्रायः पुरुषहरूले आफ्नो पाइन्टको पछिल्तिरको गोजीमा पर्स वा वालेट राख्ने गर्छन् । तर यसरी वालेट राख्दा गम्भीर रोग लाग्ने चिकित्सकहरू जनाएका छन् । यसरी वालेट राख्ने व्यक्तिहरूलाई पाइरिफर्मिस सिन्ड्रोम नामक रोग लाग्छ । यो रोग लागेको व्यक्तिलाई नितम्बमा असह्य पीडा हुन्छ । पाइन्टको गोजीमा पर्स राखेर घन्टौंसम्म बस्ने मानिसको नितम्बमा हुने पाइरिफर्मिस मांसपेशी थिचिन्छ र यसकारण खुट्टामा पनि समस्या आइलाग्छ । यो रोग लाग्ने मानिसको संख्या आजकल बढ्दै गएको छ ।

विशेषगरी युवाहरू यो रोगबाट ग्रस्त छन् किनकि उनीहरू घन्टौंसम्म कम्प्युटरमा काम गर्छन् । अनि नितम्बमा पर्सको दबाब परेर उनीहरूको मांसपेशी बिग्रन्छ । त्यसो त लामो समय बसेर काम गर्ने मानिसलाई पनि यो रोग लाग्छ । यो रोगको समयमै उपचार गरिएन भने पछि त सर्जरी गर्नुपर्ने हुन्छ । यसको सर्जरी एकदम महंगो छ । काम गर्दाखेरी गोजीबाट पर्स बाहिर निकाल्नुस् र अन्त राख्नुस् । यसो गर्नुभएन भने ठूलो रोग लाग्छ र तपाईंको खुट्टो बिग्रिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here