‘विप्लव समूह हिंसामा आए त्यस्तै जवाफ दिन्छौँ’

135

काठमाडौं, कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विप्लव समूह सशस्त्र हिंसामा आउँछ भनेर सरकारले पनि त्यस्तै जवाफ दिने चेतावनी दिएका छन् ।
पूर्व माओवादी लडाकु कमाण्डर समेत रहेका खनालले यदि विप्लव समुह वार्तामा आउन चाहन्छ भने सरकारले वार्ताको लागि ढोका खुल्ला राख्ने तर हिंसा चाहेरमा सरकाले पनि त्यस्तै जवाफ दिने उनको भनाई थियो । बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै उनले विप्लव समूह कमसेकम हिंसा त्यागेर वार्तामा आउनुपर्ने बताए ।
हालै मात्र भोजपुरमा विप्लव नेकपा र प्रहरीबीच भएको दोहोरो गोली हानाहानमा एक जना प्रहरी जवान र विप्लव नेकपाका एक जिल्ला नेताको मृत्यु भए लगत्तै कृषि मन्त्रीको यस्तो अभिव्यक्ति आएको हो । विप्लव नेकपाले प्रहरीको प्रतिरोध गर्ने क्रममा आफ्ना नेता मारिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here