गुन्डा नाइके लामा पक्राउ

256

 काठमाडौं / गुन्डा नाइके राजेन्द्र लामा कोटेश्वरबाट पक्राउ परेका छन् । कोटेश्वर र जडीबुटी क्षेत्रमा व्यवसायीलाई धम्काउँदै आएका निमा भनिने राजेन्द्र लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी अधिकारीले जनाए।

विस २०७२ चैत १० गते नेविसंघका नेताहरुलाई कुटपिट गरेको अभियोगमा उनीविरुद्ध मुद्धा चलेको थियो । यस्तै २०६२ सालमा ज्यान मार्ने उद्योगमा ३ बर्ष जेल समेत परेका थिए ।

दरवारमार्ग र सिनामंगल क्षेत्रमा व्यवसायी धम्काएको अभियोगमा समेत पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here