काठमाडौं / लोकसेवा आयोगको विज्ञापनको विरोधमा प्रदर्शन गर्दै आएका नेपाल आदिवासी जनजाति महासंघले साउन २ गते गर्ने भनेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै आन्दोलित बनेको महासंघले साउन २ गते नेपाल बन्द गर्ने जनाएको थियो ।
जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म तमुले महासंघले गर्ने भनेको बन्द कार्यक्रम फिर्ता भएको जानकारी दिनुभयो।
नेपाल बन्द फिर्ता भएपनि अन्य कार्यक्रम प्रति ऐक्येबद्धता जनाउँदै स्थानीय स्तरमा समेत दबाब दिने तमुले जानकारी दिनुभयो ।