चीनबाट रेल आउने डीपीआर तयार

117

काठमाडौं / नेपाल चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्गको डीपीआर तयार भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले जानकारी गराउनुभएको छ । ६ महिनापछि रेलमार्ग निर्माणको काम प्रारम्भ हुन उहाँले उनाउनुभयो । मन्त्री महासेठले केही समयअघि नेपालका लागि चिनियाँ राजदूत यू होङसँग मन्त्रालयमा भएको भेटमा पनि केरुङ–काठमाडौं रेलको बारेमा वार्ता गरेको खुलासा गर्नुभएको छ । मन्त्री महासेठका अनुसार राजदूतले तीव्र गतिमा रेल निर्माणको काम सुरु गर्ने जानकारी गराउनुभएको थियो ।
५ वर्षभित्र केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्ग निर्माण कार्य सम्पन्न भइसक्ने जानकारी पनि मन्त्री महासेठले गराउनुभएको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here