एक टुक्रा केकको २ लाख रूपैयाा !

197

बेलायती महारानी भिक्टोरियाको विवाहको केकको एउटा सानो टुुक्रा लण्डनमा लिलामीमा १५ सय पाउण्ड (२ लाख १२ हजार रूपैयाा)मा बिक्री भएको छ । १९औं शताब्दीको यो केक महारानी भिक्टोरिया र राजकुमार एल्बर्टको विवाहको हो । उनीहरूको विवाह सन् १८४०मा भएको थियो । जर्सीका संग्रहक डेविड गेन्सबरो रोबर्टस्ले केकको यो टुक्रा बेचेका हुन् ।

केकसागै एउटा उपहार बक्स पनि बेचियो जसमा लेखिएको थियो, ‘द क्विन्स ब्राइडल केक बकिंघम प्यालेस, फेबी १०, १८४०’ । शाही मोहरसागै महारानी भिक्टोरियाको हस्ताक्षर भएको एउटा कागज पनि बेचियो ।

बीबीसीको रिपोर्टअनुसार लिलामी गर्ने कम्पनी क्रिस्टिजले गत बुधबार लण्डनमा ती सामानहरूको लिलामी गरेका थिए । यसमा शाही खानदानको स–साना सामान, टाइटानिक जहाजको सााचो र विन्स्टन चर्चिलको ह्याट पनि बेचियो । महारानी भिक्टोरियाको अन्र्तवस्त्र पनि १६, २५० (२३ लाख रूपैयाा) पाउन्डमा बेचियो । यसको मूल्य २ हजार देखि ३ हजार पाउण्ड तोकिएको थियो । संग्रहक रोबर्टस् अहिले ७० वर्षका भएका छन् उनले आफ्नो पूरा जीवन दुर्लभ वस्तुहरू संकलन गर्नमा नै बिताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here