आफ्नै श्रीमती बिक्री गर्न इन्टरनेटमा विज्ञापन

153

बेलायतमा एक जना व्यक्तिले आफ्नै श्रीमती बेच्नका लागि इन्टरनेटमा विज्ञापन गरेका छन् । सिमन ओ केन नामका ती पुरुषले आफ्नी श्रीमती लिएन्ड्रालाई अनलाइन सपिंग साइट इबेमा बिक्रीमा राखेका छन् । आफ्नै श्रीमतीलाई लिलाम बढाबढमा बेच्नका लागि इबेमा विज्ञापन राखिएको दुई दिनमा उनकी श्रीमतीलाई किन्न चाहनेहरूको भीड नै लागेको छ । लिएन्ड्राको लागि दुई दिनभित्रैमा ६५ हजार आठ सय ८० पाउण्डसम्मको बोली लगाइएको थियो ।

गत बुधबार उनको विज्ञापन प्रकाशन भएको थियो । दुई बच्चाका पिता सिमनले आफ्नी श्रीमतीलाई बेच्न चाहनुको कारण पनि विज्ञापनसागै खुलस्त पारेका छन् । लिएन्ड्राले एक समर्पित पत्नीको भूमिका निभाएको दाबी उनको छ । जसका कारण उनको चित्त दुखेछ । विज्ञापनमा उनले आफ्नी पत्नी भान्साको काममा निपूर्ण रहेको खुलाएका छन् । उनले पत्नी खरीदकर्ताका लागि एक शर्त पनि राखेका छन् । जसअनुसार एक पटक बेचिसकेको माल फिर्ता हुनेछैन । सिमन एक टेलिकम इन्जिनियर हुन् जबकि लिएन्ड्रा एक ब्युटी थेरापिष्ट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here