हृदयाघात
मुटु विशेष किसिमका मांसपेशी तथा तन्तुहरुबाट बनेको पम्प हो । यसले शरीरका विभिन्न भागबाट मुटुमा प्रवाहित हुने रगतलाई फोक्सोमा पम्प गर्छ । अक्सिजन सहितको शुद्ध रगत फोक्सोबाट पुनः मुटुमै ल्याई शरीरका विभिन्न अङ्गमा पम्प गर्छ । रगतमार्पmत शरीरका प्रत्येक कोषहरुबाट अक्सिजन तथा पोषणतत्व पु¥याउँछ । मुटुको काम यही हो । त्यसैले यो शरीरको अत्यन्तै महत्वपूर्ण अंग मानिन्छ । मुटुका मांसपेशी तथा तन्तुमा रक्तप्रवाह हुन सकेन वा हुन पाएन भने ती अकस्मात् मर्छन् । मुटुले तत्कालै काम गर्न छोड्छ । यसलाई हृदयाघात भनिन्छ ।
मानव शरीरलाई जीवन्त राख्न, मुटुको अत्यन्तै महत्वपूर्ण भूमिका रहेकाले यसको काममा कुनै पनि अवरोध÷रोकावट वा बाधाबाट मान्छेको मृत्युसमेत हुन सक्ने खतरनाक अवस्था सिर्जना हुनसक्छ । यसले हृदयाघातको अवस्थामा तत्कालै गरिनुपर्ने उपचारको महत्व प्रस्ट्याउँछ । हृदयाघातबाट बच्न अपनाउनुपर्ने आवश्यक सावधानीबारे सजक गराउँछ ।
हाल उपलब्ध परिस्कृत र आधुनिक उपचार पद्धतिद्वारा हृदायघातको उपचार समयमै गर्न सक्ने हो भने रोगीमध्ये ९० प्रतिशतको जीवन बचाउन सकिन्छ । हृदयाघात हुँदा तत्कालै २ चक्की एस्पिरिन चपाएर निल्नु पहिलो प्राथमिक उपचार हो ।
उच्च रक्तचाप
– डा. डी.वी. कार्की
व्यष्क उमेर (१८ वर्षभन्दा माथि) का मानिसमा यदि माथिल्लो व्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्योभन्दा बढी र तल्लो (डायस्टोलिक) व्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ ।
कार्डियोभास्कुलर रोगका कारण मान्छेको मृत्युसमेत हुनसक्ने खतरा त्यतिखेर उत्पन्न हुनसक्छ, तव सामान्यतया ११५÷७५ को रक्तचापमा २०÷१० का दरले बढ्दै दोब्बर हुन सक्छ । सामान्य रक्तचाप भएको ५५ बर्षीय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ । उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षणसमेत नदेखिन सक्छन् । उच्च रक्तचापको कारण भने करिव १० प्रतिशत विरामीमा मात्रै पत्ता लाग्ने गर्छ । उच्च रक्तचापका केही खतरनाक जटिलताहरुमा रक्तस्राव, हृदयाघात, हृदयगति बन्द हुने, मूत्रप्रणाली असफल हुने, मृगौलामा समस्या आउने र दृष्टिसम्बन्धी समस्या उत्पन्न हुने हुन्छ । उच्च रक्तचाप समयमै उपचार नगरिए बिरामीमध्ये ५० प्रतिशत रोगीको हृदयाघात वा मुटुगति बन्द हुन्छ । २० प्रतिशत बिरामी पक्षाघातबाट मर्छन् । खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धुम्रपानको त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलपूmल तथा सागपातको बढी प्रयोग इत्यादि रक्तचाप नियन्त्रण गर्ने उपयोगी उपाय हुन् ।
उच्च रक्तचाप नियन्त्रण गर्ने औषधी प्रयोग गर्ने या नगर्ने निर्णय सम्बन्धित बिरामीमा रहन्छ । रक्तचापलाई जहिले पनि १३०÷८० मा सीमित राख्नुपर्छ औषधी सेवन गरिरहेको भए चिकित्सकको सल्लाहविना औषधी छाड्नु हुँदैन ।
मधुमेह र सुर्तीजन्य पदार्थ
– डा. शेखर राजभण्डारी
हृदयरोगको एक प्रमुख कारक मधुमेह हो । मधुमेह नभएका मुटुरोगीलाई भन्दा मधुमेह भएकाहरुलाई हृदयाघात हुँदा मृत्युदर बढी हुने गरेको छ । मधुमेहले हृदयगति बन्द हुने जोखिमलाई समेत बढाउँछ । मधुमेह विनाका मुटुरोगीमा भन्दा मधुमेह भएका विरामीमा हृदयाघात हुने सम्भावना २ देखि ५ गुना बढी पाइएको छ ।
सुर्तीजन्य पदार्थ तथा चुरोट सेवन मुटुरोगमा सवैभन्दा बढी जोखिम निम्त्याउने कारक हो । यसलाई सच्याउन सकिन्छ । सुर्ती तथा चुरोट सेवनका कारण लाग्ने मुटुरोग पनि मानव मृत्युको प्रमुख कारणमध्ये एक हो । नेपालमा सुर्ती तथा चुरोट सेवनकर्ताको संख्या दिनानुदिन बढ्दैछ । हुर्कदा युवा, वयष्क तथा महिलामध्ये दिनपरदिन चुरोट–बिँडीको अम्मलमा फँस्दैछन् । धुम्रपान नगर्ने जनसंख्यामा पनि अन्य धुम्रपानका अम्मलीको धुवाँले वा सिगार, पाइप इत्यादि पान गर्दासमेत नजिकैका व्यक्तिको मुटुका धमनीमा असर पर्न सक्छ ।
कोलेस्टेरोलका केही तथ्य
– डा. राजीव पाण्डे
कोलेस्टेरोल भनेको रगतमा हुने चिल्लो पदार्थ हो । रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ । बढी भएको कोलेस्टेरोलले मुटुका धमनीहरुको भित्री भित्तामा जम्मा भई नसा साँघु¥याएर रक्तप्रवाहमा अवरोध पु¥याउँछ । यसरी प्रभावित धमनी उल्लेख्य रुपमा बन्द भए वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने रोग (ऐँठन), पक्षाघातजस्ता समस्या देखापर्न सक्छन् । यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ । यसले स्वास्थ्यमा पार्नसक्ने नकारात्मक असरलाई मध्येनजर गर्ने हो भने जोकसैले आफ्नो रगतको कोलेस्टेरोलको मात्रा आवश्यक मात्रामा सीमित राख्न हरतरहले प्रयत्न गर्नु आवश्यक हुन्छ । (कोलेस्टेरोलको आवश्यक मात्रा हरेक बिरामीमा फरक–फरक हुन्छ ।)
जोकोहीमा माथिका लक्षण देखापरेमा वा लक्षणै नदेखिए तापनि उमेरले ४५ वर्ष नाघेका जोसुकैले आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा ठीक ठाउँमा राख्न पारिवारिक चिकित्सकसँग परामर्श लिई नियमित जाँच गराउनुपर्छ । नियमित शारीरिक व्यायाम, ताजा तरकारी तथा फलपूmल यथाशक्य सेवन गर्ने र चिल्लो तथा भुटेका÷तारेका खाद्यपदार्थको प्रयोग नगर्ने बानी बसाल्दा पनि कोलेस्टेरोलको मात्रा घटाउन मद्दत पुग्छ । कोलेस्टेरोलको मात्रा घटाउने केही त्यस्ता औषधी पनि छन्, जुन चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ । साधारणतया एक व्यक्तिमा कुल कोलेस्टेरोल २०० एमजी, एलडिएललाई १०० एमजी, टिजी १५० एमजीभन्दा तल र एचडीएल ४५ एमजीभन्दा माथि राखिराख्नुपर्छ ।
इको कार्डियोग्राम
– डा. एचएस सोढी
इको कार्डियोग्राम साधारणतया मुटुको अल्ट्रासाउन्ड हो । यो एउटा पीडारहित, विना चिरफार मुटुको परीक्षण हो । यो मुटुको बनावट र कार्यक्षमता परीक्षण गर्न गरिन्छ । इको कार्डियोग्राम परीक्षणले मुटुमा भएको वा हुनसक्ने बनावट वा संरचनागत खरावीलाई पत्ता लगाउन मद्दत पुग्छ ।
इको कार्डियोग्रामले हृदयरोग विशेषज्ञलाई हृदयारोगीको मुटुको संरचनागत खरावी जन्मजात होस् वा पछि उत्पन्न, त्यसवारे विस्तृत सूचना प्राप्त हुन्छ । इको कार्डियोग्राम अर्थात् मुटुको अल्ट्रासाउन्ड हाल आएर सवैखाले मुटुरोगको एक अभिन्न र अनिवार्य परीक्षण बन्न पुगेको छ ।
ट्रेडमिल टेष्ट
कोरोनरी आर्टरी अर्थात् मुटुका मुकुट धमनीहरु विशेषतः सामान्य अवस्थामा (खुला) छन् वा छैनन् भनी पत्ता लगाउन वा निक्र्योल गर्न विरामीको टे«डमिल टेष्ट गरिन्छ । यो परीक्षण गराउँदा विरामीलाई टे«डमिल मेसिनमा केही जोडले हिँडेको जस्तो गरी पाइला चाल्न लगान्छ र इसीजी मनिटरिङ्ग गरिन्छ ।
विरामीले त्यसरी व्यायाम गर्दा उसको हृदयगति बढ्नलाई निश्चित गतिमा पुग्छ । त्यसबखत नै उसको इसीजीमा आएको निश्चित परिवर्तनलाई हेरिन्छ । यद्यपि टे«डमिल परीक्षण अनुमान जुन शतप्रतिशत निश्चित नहुन पनि सक्छ । टे«डमिल परीक्षण असामान्य देखिएको खण्डमा कोरोनरी एन्जियोग्राफीजस्तो मुटुरोगको निश्चित निदान अर्थात किटर भन्न सकिने परीक्षणको योजना गरिन्छ ।
एन्जियोग्राफी र एन्जियोल्पाष्टी
– डा. भारत रावत
कोरोनरी एन्जियोग्राफी विशेष प्रकारको एक्स–रे प्रविधि हो, जसमा मुटुतर्पm जाने धमनी (मुकुट धमनीमा) रङ्गीन तरल पदार्थ पठाइन्छ र मुटुको एक्स–रे लिइन्छ । यस परीक्षणले हृदयरोग विशेषज्ञलाई बिरामीको धमनीको रोकावटको संख्या, निश्चित स्थान र रोकावट बन्द भएको मात्र पत्ता लगाउन मद्दत पु¥याउँछ । यो परीक्षण गर्न अन्दाजी १५–२० मिनेट लाग्छ । कोरोनरी एन्जियोग्राफी परीक्षण नेपालमा नियमित रुपमा गरिन्छ र धेरैभन्दा धेरै बिरामी यसबाट लाभान्वित पनि भएका छन् ।
एन्जियोल्पाष्टी
कोरोनरी एन्जियोल्पाष्टी विना शल्यक्रिया उपचार गरिने प्रक्रिया हो । यो प्रक्रिया अपनाएर विरामीको साँघुरिएको, बन्द भएको वा रोकावट आएको धमनी खोल्न एक विशिष्ट प्रकारले तयार गरिएको बेलुन क्याथेटर प्रयोग गरिन्छ । मानव शरीरमा सर्वप्रथम सन् १९७७ मा साधारण किसिमको बेलुन एन्जियोल्पाष्टी प्रक्रियापश्चात् धेरै विरामीको धमनीमा पुनः अवरोध आउने वा साँघुरिनबाट जोगाउन मेटलको रिङ राख्ने प्रक्रिया सुरु गरिएमा यसलाई स्टेन्ट प्रत्यारोपण भनिन्छ । संसारकै पहिलो स्टेन्ट प्रत्यारोपणसहितको एन्जियोल्पाष्टी सन् १९८६ मा गरिएको थियो । जबकि विशेष प्रकारको औषधियुक्त स्टेन्टचाहिँ अमेरिकामा सन् २००३ मा स्वीकृत गरिएको थियो ।
कोरोनरी स्टेन्टिङ्ग
स्टेन्ट भन्नाले धातुको सानो गोलो रिङ हो । यसलाई धमनी पुनः बन्द हुन वा अवरोध हुनबाट जोगाउन टेवा पु¥याउन सक्नेगरी बनाइएको हुन्छ । कोरोनरी स्टेन्टिङ भनेको एउटा त्यस्तो प्रक्रिया हो, जसमा त्यो स्टेन्ट धमनीको साँघुरिएको भागमा जडान गरिन्छ । हाल बेलुन एन्जियोल्पाष्टी गराउने लगभग सवैमा मुटुका रोगीको धमनी खुल्ला राख्न स्टेन्ट प्रत्यारोपण गरिन्छ । संसारभर कोरोनरी एन्जियोल्पाष्टी अत्यधिक सफलतासाथ सफलताको प्रतिशत ९९ प्रतिशत धेरैभन्दा धेरै विरामीमा गरिँदै आइएको छ । गत वर्षमात्रै विश्वभर २० लाखभन्दा बढी एन्जियोल्पाष्टी गरिए । नेपालमा हाल नर्भिक, गंगालाल, मेडिकेयर हस्पिटलमा एन्जियोल्पाष्टी गरिन्छ ।
आकस्मिक कोरोनरी एन्जिीयोग्राफी
हृदयाघातका बेलामा गरिने आकस्मिक कोरोनरी एन्जियोल्पाष्टीले विरामीको ज्यान बचाउँछ । यो अलिक महँगो उपचार भए पनि यसले हृदयाघात भएका विरामीलाई चाँडो निको पार्छ । साथै यसले विरामीका मृत्यु वा हृदयगति बन्द हुनबाट बचाउन सक्छ ।
कोरोनरी आर्टरी बाइपास
– डा. भगवान कोइराला
कोरोनरी आर्टरी बाइपास ग्राफिटङ भनेको मुटुमा रक्तप्रवाह पुनः गराउने एउटा शल्यक्रियात्मक प्रक्रिया हो । शल्यक्रिया त्यस्तो परिस्थितिमा गरिन्छ, जब मुटुमा रगत प्रवाह गराउने धमनीमै व्यापक रुपमा अवरोध आउँछ वा बन्द हुन्छ । जसलाई एन्जियोल्पाष्टीद्वारा खुलाउन या असम्भव हुन्छ या सम्भव भए पनि त्यसले अन्य ठूलो हानि पु¥याउन सक्छ । सामान्यतया विरामीको मुकुट धमनीमा धेरैवटा अवरोध (बन्द भएका वा साँघुरिएका ठाउँहरु भएमा अथवा धमनीको शाखा–प्रशाखा नजिकै अवरोध अवस्थित भएमा वा अवरोधको मात्र एकदम लामो भएमा वा मुख्य धमनीको सुरुवातमै अवरोध भएमा त्यस्ता विरामीको उपचारनिम्ति शल्यक्रियाको बाइपास प्रविधि अपनाइन्छ ।
बाइपास सर्जरी गर्दा विरामीको शरीरकै कुनै उपयुक्त नसा प्रयोग गरिन्छ । सामान्यतया बढी मात्रामा प्रयोग गरिने नसामा विरामीको छातीको नसा हो भने अन्य छनोटमा विरामीको पाखुरा, नाडीको नसा वा पिँडुलाका नसा पर्छन् । बाइपास शल्यक्रिया गर्ने विभिन्न तरीका छन् । शल्यक्रिया गर्दा विरामीको रक्तसञ्चार “हार्ट–लङ” मेसिनद्वारा कृत्रिम रुपमा मुटु पूर्णतया बन्द गराएर वा मुटु सुचारु रहकै अवस्थामा गर्न सकिन्छ । शल्यक्रिया छातिको अघिल्लो भाग वा साइडबाट पनि गर्न सकिन्छ ।
बाइपास शल्यक्रियाका सवै तरीका तथा प्रविधिहरु देशभित्रै उपलब्ध छन् । यहाँ गरिएका शल्यक्रियाका नतिजा उत्साहजनक रुपमा अन्तर्राष्ट्रिय स्तरका छन् । एकभन्दा बढी अस्पताल तथा बढी टोलीद्वारा यस्ता खाले शल्यक्रिया नेपालमा नियमित रुपमा गरिँदै आइएको छ ।
पेसमेकर प्रत्यारोपण
– डा. सुनिचन्द्र झा
मुटुको पेसमेकर भन्नाले मुटुको गति वा धड्कन आवश्यक मात्रामा सुचारु गराउने र शरीरमा प्रत्यारोपण गराउन सकिने एउटा शूक्ष्म संयन्त्र हो मुटुको धड्कन नियमित स्थिर र आवश्यक मात्रामा सुचारु गराउनु मुटुरोग उपचारमा एक महत्वपूर्ण पक्ष हो ।
सामान्यतया मुटुको धड्कन ६०–१०० प्रति मिनेट हुने गर्छ । जब सो गति ४५ पटक प्रतिमिनेट भन्दा तल झर्छ, मुटुको कार्यक्षमतामा बृहत् रुपमा हाल आई मस्तिष्कले समेत ठीकसँग काम नगर्ने, मूछ्र्रा पर्ने, रिङ्गटा लाग्ने वा झुम्म पार्ने जस्ता लक्षण देखापर्न थाल्छन् । यस्ता लक्षण दैनिक जीवनका विशेष परिस्थिति जस्तै कि गाडी चलाउँदा, व्यस्त सडक पार गर्दा, भ¥याङ्ग चढ्दा आइपरेमा भयावह स्थिति सिर्जना हुन जान्छ । यस्तो अवस्थाका विरामीमा मुटुको पेसमेकर जडान गर्दा मुटुको गति वा धड्कनलाई नियमित र स्थिर राखी ६० विट्स प्रतिमिनेट भन्दा तल झर्न नदिएर जीवन सामान्य बनाउन सकिन्छ ।
हाल आएर मुटुको धड्कनसम्बन्धी विभिन्न अरु मुटु रोगको उपचारका लागि विशेष प्रकारका पेसमेकर विकसित गरिएको छ ।
(यो लेख मुटुरोग विशेषज्ञ डा. रावतको सहयोगमा तयार पारिएको हो ।



















