महावीर पुनकाे सम्पत्ति विवरण सार्वजनिक

5

काठमाडाैं । प्रतिनिधिसभा सदस्य एवं पूर्वशिक्षामन्त्री महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

उनले बुधबार सङ्घीय संसद् सचिवालयले सार्वजनिक नगर्ला भनेर सम्पत्ति विवरण आफैंले सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् ।
आफ्नो सम्पत्ति विवरणमा उनले आफूसँग करिब ३ तोला सुन रहेको जनाएका छन् । साथै उनले कास्कीको पोखरा महानगरपालिका ७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको उनले आफ्नो विवरणमा उल्लेख गरेका छन् ।

यसका साथै उनले राष्ट्रिय वाणिज्य बैंकमा रहेको २५ लाख रुपैयाँ प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहयोगीहरूले दिएको उल्लेख गरेका छन् ।

उनले सङ्घीय संसद् सचिवालयलाई बुझाएको सारा भौतिक धन सम्पत्तिको विवरण भन्दै आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन् । ‘खास गरी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोलेर र आफ्नो किताब बेचेर करोडौं पैसा थुपार्‍यो भन्ने विद्वानहरू र रीस गर्ने व्यक्तिहरूले यो हेर्नु होला र छानबिन गर्नु होला,’ उनले लेखेका छन्, ‘यो विवरण मैले शिक्षा मन्त्री हुँदा पनि बुझाएको थिएँ तर उति बेलाको सरकारले सार्वजनिक गरिदिएन । त्यसैले सङ्घीय संसद् सचिवालयले पनि सार्वजनिक गरिदिँदैन कि भन्ने शंका लागेर यो विवरण आजको मितिमा सचिवालयलाई बुझाउनुभन्दा पहिले नै म आफैंले सार्वजनिक गरेको हुँ ।’

भौतिक सम्पत्तिबाहेक आफ्नो अभौतिक र मूल्यांकन गर्न नसकिने अमूल्य तथा असीमित सम्पत्ति रहेको उनले बताएका छन् । अभौतिक र मूल्यांकन गर्न नसकिने सम्पत्ति देश विदेशमा बसोबास गर्ने असंख्य सहयोगीहरू रहेका उनको भनाइ छ । ‘यी भौतिक सम्पत्तिबाहेक मेरो अभौतिक र मूल्यांकन गर्न नसकिने अमूल्य र असीमित सम्पत्ति भनेका देश विदेशमा बसोबास गर्ने मेरो असंख्य सहयोगीहरू हुन्,’ उनले भनेका छन् ।​

यस्तो छ उनको सम्पत्ति विवरण :
null
null
null

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here