अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्र र सोमपालको कीर्तिमानहरु

92

एजेन्सी / सिंगापुरमा भइरहेको आइसीसी टी २० विश्वकप क्वालिफायर (एसिया फाइनल) मा नेपालले बुधवार मलेसियालाई पराजित गर्दा विभिन्न कीर्तिमान बनाउन सफल रह्यो । वर्षाका कारण ९ ओभरमा छोट्याइएको उक्त खेलमा नेपाललाई ७ विकेटको जित दिलाउन नायक रहे ब्याट्मयान ज्ञानेन्द्र मल्ल र फास्ट बलिङ अलराउण्डर सोमपाल कामी।

८४ रनको लक्ष्य ८ ओभरमा पूरा गर्ने क्रममा ज्ञानेन्द्रले कीर्तिमानी अर्धशतक प्रहार गरे। नियकित कप्तान पारस खड्का पूर्ण फिट नभएपछि कप्तानी सम्हालेका मल्ले विष्फोटक ब्याटिङ गर्दै मात्र २० बलमा अर्धशतक बनाए। उनले २१ बल खेल्द ५ चौका र ३ छक्का प्रहार गरे। नेपालबाट टी २० मा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान मल्लले विनोद भण्डारीबाट खोसे।

सिंगापुर जानुअघिको मलेसिया टुरमा विनोद भण्डारीले २५ बलमा अर्धशतक प्रहार गरेका थिए। यस्तै त्यसअघि मलेसिया विरुद्ध सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए। २ ओभर बलिङ गर्दा २३ रन खर्चे पनि सोमपालले आवश्यक पर्दा विकेट झारेका थिए।

पहिलो ओभरको पहिलो बलमै विकेट लिएका सोमपालले उक्त ओभरको अन्तिम बलमा पनि विकेट लिएका थिए भने स्पेलको दोस्रो ओभरमा पनि १ विकेट लिए।

मलेसिया विरुद्ध ३ विकेट लिएपछि सोमपाल टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। सोमपालले १९ इनिङ्स खेल्दै सर्साधिक २३ विकेट लिएका हुन्।

मलेसिया विरुद्धको खेलअघि सोमपाल र बसन्तको समान २० विकेट थियो। तर सोमपालले खेलपछि बसन्तलाई उछिने। बसन्तले १६ खेलबाट २२ विकेट लिएका हुन्।

ज्ञानेन्द्र र सोमपालले मलेसिया विरुद्ध व्यक्तिगत रुपमा कीर्तिमान बनाउँदा ज्ञानेन्द्रले प्रदिप ऐरीसँग मिलेर पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी समेत गरे। ज्ञानेन्द्र र प्रदिपले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए। त्यसअघि ज्ञानेन्द्र र कप्तान पारसले कतार विरुद्ध पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए। ज्ञानेन्द्र र प्रदिपको साझेदारी टी २० आईमा नेपालको पहिलो अर्धशतकिय ओपनिङ साझेदारी समेत हो।

एकै दिन कीर्तिमान बनाएका ज्ञानेन्द्र र सोमपाल टी २० आईमा नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी समेत हुन्। दुवैले १९/१९ खेल खेलिसकेका छन्।

सन् २०१४ मा बंगलादेशमा भएको आइसीसी टी २० विश्वकपमार्पट्ट टी आईमा नेपालले डेब्यु गरेको थियो। उक्त खेलबाट नै डेब्यु गरेका ज्ञानेन्द्र र सोमपालले त्यसयता नेपालले खेलेको सबै १९ वटै खेल खेलेका छन्। यस्तै सोमपालको नाममा टी २० आईमा एउटा विश्वकीर्तिमान समेत छ। नम्बर १० मा ब्याटिङ गर्दै धेरै रन बनाउने कीर्तिमान उनले बनाएका हुन्। सन् २०१४ मा श्रीलंकाको कोलोम्बोमा भएको टी २० आई खेलमा सोमपालले हङकङ विरुद्ध दशौँ नम्वरमा ब्याटिङ गर्दै ४० रन बनाएका थिए। नेपालले अहिलेसम्म १९ खेल खेल्दा ८ खेल जितेको छ भने १० खेलमा हार बेहोरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here